Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 38

भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
- तामाङ
' अक्षराङ्क शिक्षा ' नामक कृतिका रचनाकार को हुन् ?
- जय पृथ्वीबहादुर सिंह
. थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ?
- पोखरा ( कास्की )
निजामती सेवाको पदपूर्ति सम्बन्धमा ' पिछडिएको क्षेत्र ' भनी कति जिल्लालाई तोकिएको छ ?
- ९ जिल्ला
मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ ?
- जेनेभा ( स्विजरल्यान्ड )
. राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
- ३५ जिल्ला ( पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला )
. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिसनको गठन कहिले भएको थियो ?
- वि.सं. २००९
सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको मानिन्छ ?
- चीन
नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको थियो ?
- वि.सं. २०१३ भाद्र २२
. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
- बाँस

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.