Thursday, January 19, 2017

Lok Sewa Question Answer 153

१. बर्ष (२०७२ मा ) प्रदान गरिने राष्ट्रिय संरक्षण
पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- प्रा. रामप्रसाद चौधरी
२. हालै थाइल्याण्डमा आयोजित ( टाटा
मोटर्सद्वारा) अन्तर्राष्ट्रियस्तरको ' स्किलफेस्ट
ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियन' को उपाधि
कसालाई प्रदान गरियो ?
- सुमन धमला ( सिप्रदी ट्रेडिङ प्रा.लि . का सर्भिस
एड्भाइजर)
३. नेपालमा हाल नगरपालिका मात्र भएका
जिल्ला कति रहेका छन् ?
- ३ ( काठमाण्डौं , भक्तपुर र ललितपुर ) ( २०७२ असोज
१ मा २६ नयाँ नगरपालिका घोषणा पश्चात )
४. नेपालमा हाल नगरपालिका नभएका जिल्ला
कति रहेका छन् ?
- ७ ( मनाङ, मुस्ताङ , हुम्ला, कालीकोट, मुगु, डोल्पा
र रसुवा )
५. मुलुकको राज्य सञ्चालन प्रक्रिया कस्तो हुने, कुन
ढङ्गबाट शासन सञ्चालन गर्ने र मुलुकलाई कुन
दिशातर्फ डोर्याउने भन्ने सम्बन्धमा राज्यले
अवलम्वन गर्ने विचार एवं दर्शनको लिखित
दस्तावेजलाई के भनिन्छ ?
- संविधान
६. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति
सदस्यीय हुने व्यवस्था छ ?
- २७५ ( प्रत्यक्ष निर्वाचित : १६५ र समानुपातिक
निर्वाचन प्रणालीबाट : ११० )
७. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष
निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?
- ६० प्रतिशत ( समानुपातिक निर्वाचन प्रणालिबाट
: ४० प्रतिशत)
८. राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक
लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने
व्यवस्था, वर्तमान संविधानको कुन धारामा रहेको
छ ?
- धारा ७०
९. प्रतिनिधि सभाको सभामुख र उपसभामुखको
निर्वाचन गर्दा सभामुख र उपसभामुख मध्ये एक जना
महिला हुने गरी गर्नुपर्ने र प्रतिनिधि सभाको
सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि
हुनपर्ने व्यवस्था वर्तमान संविधानको कुन धारामा
रहेको छ ?
- धारा ९१(२ )
१०. वर्तमान संविधानले कति तहका
व्यवस्थापिकाको संरचना निर्माण गरेको छ ?
- ३ (सङ्घीय व्वस्थापिका : भाग ८ , प्रदेश
व्यवस्थापिका : भाग १४ र स्थानिय व्यवस्थापिका
: भाग १८)
११. वर्तमान संविधानमा दलित विद्यार्थिलाई कुन
तहसम्म छात्रवृत्ति सहित नि :शुल्क शिक्षाको
व्यवस्था गरिने भएको छ ?
- प्राथमिक देखि उच्च शिक्षासम्म
१२. राज्यले मूमिहिन दलितलाई जमिन उपलब्ध
गराउने सम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन
धारामा गरिएको छ ?
- धारा ४०(५ )
१३. 'राष्ट्रिय समावेशी आयोग' सम्बन्धी व्यवस्था
वर्तमान संविधानको कुन धारामा गरिएको छ ?
- धारा २५८
१४. 'इच्छाको त्यागबाट सहनशीलताको सदगुण
जन्मन्छ ।' भन्ने विचारक को हुन् ?
- वट्रेन्ड रसेल
१५. मुसा प्रजातिमा पाइने 'माइट ' ( किर्नाजस्तो
मसिने जीवाणु ) ले मानिसमा टोकेपछि देखापर्ने
रोगलाई के भनी चिनिन्छ ?
- स्क्रब टाइफस (Scrub Typhus)
१६. शिक्षा विभाग र नेपाल पत्रकार
महासङ्घद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. ७५ हजार
राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७२ बाट
कसलाई सम्मानित गरिने भएको छ ?
- कान्तिपुर टेलिभिजनका नारायण किलम्बु,
कान्तिपुर दैनिकका जनक नेपाल र शिक्षक
मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा
(यस बर्षको 'संस्थागत शिक्षा पत्रकारिता
पुरस्कार-२०७१ ' नेपाल समाचार पत्र दैनिकले प्राप्त
गरेको ।)
१७. मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने
नेपाली युवा वैज्ञानिक को हुन ?
- लुजेन्द्र ओझा
१८. "तिमीले जीवनमा गर्न सक्ने सबैभन्दा ठूलो
गल्ती हो गल्ती होला कि भनी डराएर कुने प्रयास
नगर्नु । " भन्ने विचारक को हुन् ?
- अल्बर्ट हुबार्ड
१९. नेपालको प्रमाणिक समय कुन देशान्तर रेखालाई
आधार मानी निर्धारण गरिएको छ ?
- ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर ( गौरिशंकर
हिमाल)
२०. विश्वमा योजनाबद्ध आर्थिक विकासको
सुरुवात गर्ने राष्ट्र कुन हो ?
- रुस
२१. आगामी १५ बर्षका लागि निर्धारण गरिएका
दिगो विकासका कार्यसूचिलाई राष्ट्रसङ्घको
कतिऔं महासभाले अनुमोदन गरेको हो ?
- सन् १९४५ अक्टोबर २४ मा
२३. क्षयरोगविरुद्ध दिइने खोप BCG को पुरा रुप के
हो ?
- Bacillus Calmette Guerin
२४. लेप्चा जातिको मुख्य बसोबास इलाम जिल्ला
रहेको छ भने पहरि जातिको मुख्य बसोबास कहाँ
रहेको छ ?
- काभ्रेपलाञ्चोक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.