Thursday, January 19, 2017

Lok Sewa Question Answer 154

१. त्रिभुवन विश्वविद्यालयद्वारा
(२०७२ असोजमा) मानार्थ विद्यावारिधि
(डिलिट) उपाधि प्रदान गरी सम्मान गरिएका साहित्यक व्यक्तित्व को हुन् ?
- राष्ट्रकवि माधवप्रसाद घिमिरे र दार्जिलिङ निवासी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई
२. सरकारले लख थापालाई औपचारिक रुपमा
'प्रथम सहिद' कहिले घोषणा गर्यो ?
- वि.सं. २०७२ असोज ३
३. सन् २०१५ सेप्टेम्बर २७ मा मनाइएको ३६ औं विश्व पर्यटन दिवसको नारा के हो ?
- One billion tourists, one billion opportunities.
(उक्त नाराका साथ नेपालमा पिन ३६ औं विश्व पर्य६न दिवस-२०७२ मनाइएको । )
४. तेत्तीस वर्षपछि सुपरमुनसँगै खग्रास चन्द्रग्रहण कहिले भयो ?
- सन् २०१५ सेप्टेम्बर ३७
५. स्वदेशी उद्योग/व्यवसायको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशन कहिले सार्वजनिक गर्यो ?
- वि.सं. २०७२ असोज ७
६. राष्ट्रिय प्राथमिकता क्षेत्रहरुमा विदेशी पुँजी, प्रविधि, ज्ञान तथा सीप आकर्षित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका माध्यमबाट व्यापार सन्तुलन कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक र गतिशिल बनाउने उद्देश्यका साथ सरकारले विदेशी लगानी नीति , २०७१ कहिले सार्वजनिक गर्यो ?
- वि.सं. २०७२ असोज ७
७. झण्डै सात दशक लामो प्रतिक्षा एवं आकांक्षा र सात वर्षभन्दा बढीको अनवरत प्रयत्नपछि जन्मिन नेपालको संविधान -२०७२ संविधान सभाको दुई तिहाइ बहुमतबाट कहिले पारित भएको थियो ?
- वि.सं. २०७२ भाद्र ३०
८. नेपालको संविधानले मौलिक हकहरुको विस्तार गर्दै कतिवटा हकहरुको व्यवस्था गरेको छ ?
- ३१ वटा (धारा १६- ४६ सम्म)
९. नेपालको संविधान अनुसार नेपालमा कतिवटा संवैधानिक निकायो व्यवस्था गरिएको छ ?
- १३ वटा
१०. नेपालको संविधान अनुसार 'स्थानीय तह' अन्तरगत कुन-कुन निकाय पर्दछन् ?
- गाउँपालिका, नगरपालिका र जिल्लासभा
११. नेपालको संविधानके अनुसूची १ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?
- नेपालको राष्ट्रिय झण्डा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.