Saturday, January 21, 2017

Lok Sewa Question Answer 192

१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ?
– वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ?
– वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका बाबु लनरसिंह कुँवरले छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ?
– चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने व्यवस्था मिलाएको थियो ?
– जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?
– अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरि मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो?
– जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन् जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द ग्रेटकी पत्नीको नाम के थियो ?
– रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
– इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
११. सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?
– डेनमार्क
१२. सनिबार नेपाल ले जस्तै बिदा दिने देस कुन हो?
– इजरायल
१३. रवर को सडक कुन देश मा छ?
– फ्रान्स
१४. पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?
– रामापिथेकस
१५ बाबू ले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन हो?
– कादम्वरी
१६ केन्द्रीय बैंक नभएको देश कुन हो ?
– पानामा
१७ भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?
– कलिङ को युद्ध
१८ बिस्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने ब्याक्ती को हुन?
– क्रोमस
१९ इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?
– ग्रीस
२०. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.