Saturday, January 21, 2017

Lok Sewa Question Answer 208

१ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी (नासु २०६९)
२ नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा (नासु २०७०)
३ नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल (नासु २०६९)
४ राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)
५ नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)
६ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)
७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)
८सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
९ नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)
१० कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)
११ नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)
१२ नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)
१३ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)
१४ नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)
१५ नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २० ( नासु २०७१)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.