Sunday, January 22, 2017

Lok Sewa Question Answer 216

१. इजरायल कहिले नयाँ राज्यका रुपमा उदय भएको हा ?
- १९४८ मे १५ मा
२. कानुनी राज्यका मान्यतालाई शासन ब्यवस्थामा सर्वप्रथम लागु गर्ने देश कुन हो ?
- बेलायत
३. विश्वमा सेना नभएको मुलुक कुन हो ?
- कोस्टारिका
४. चीनमा कहिलेदेखि एक सन्तानको कानुनी नियम लागु गरिएको हो ?
- सन् १९७९ देखि
५. विश्वमा प्रहरी सेवाको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
६. भीमसेन थापाद्वारा बनाइएको धरहरा सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
- २०६१ साल माघ १
७. नेपालमा कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता दिन सुरु गरिएको हो ?
- २०६६ साल मङ्सिर १ (नेपालमा २००९ सालबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो)
८. राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?
- २०५७ जेठ १३
९. राणशासन कालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो भने यो विभाजन कुन राणा प्रधानमन्त्रीले गरेका थिए ?
- श्री ३ वीर शमशेर
१०. नेपाल–अँग्रेज युद्धको विवादित स्थान स्युराज क्षेत्र कुन जिल्लामा पर्दछ ?
- रौटहट
११. बागडोला विमानस्थल भारतको कुन सहरमा पर्दछ ?
- सिलगुडी
१२. आइनु जापानको प्राचीन आदिवासी हुन् भने दुसुन कुन आसियान मुलुकका आदिवासी हुन ?
- मलेसिया
१३. भारतको मेन्चेस्टर भनेर कुन सहरलाई बुझाउँछ ?
- मुम्बई
१४. अफगानिस्तान र भारतबीच निर्धारण गरिएको सीमारेखाको नाम के हो ?
- ड्युरेन्ड लाइन
१५. कुनै समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामुखीलाई के भनिन्छ ?
- सुषुप्त ज्वालामुखी (इटालीको विसुभिएस ज्वालामुखी र काकाटोवा ज्वालामुखी यस प्रकारका ज्वालामुखी हुन्)
१६. कालिमाटी तरकारी बजारमा हाल दैनिक कति तरकारी तथा फलफूल भित्रिन्छ ?
- ७ सय टन (त्यसमध्ये १५० टन आलु हुन्छ । उपत्यकामा उपभोग हुने आधा आलु भारतबाट ल्याइन्छ )
१७. अरनिको हिमाल (६०३९ मि.) दामोदर हिमशृँखलामा पर्दछ भने भन्नुहोस् यो हिमाल कुन जिल्लमा पर्दछ ?
- मुस्ताङ
१८. जेठी बहुरानी हिमाल बझाङ र दार्चुला जिल्लमा अवस्थित छ भने भन्नुहोस् यो हिमाल कुन हिमशृँखलामा पर्दछ ?
- गुराँस हिमशृंखला
१९. हाल नेपालमा साना ठूला गरी कति हिमनदी छन् ?
- ३,८०८ बटा (यसको क्षेत्रफल ३,९०२ वर्ग किमी रहेको छ)
२०. साली–भिनाजुका पाइला नामक स्थान नेपालको कुन जिल्लामा रहेको छ ?
- सुर्खेत
२१. २०६८ सालको जनगणनाअनुसार नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक कति छन् ?
- २४ लाख ६९ हजार
२२. आजभन्दा ४५०० वर्षअघिदेखि मानिसले दही खान थालेका हुन् भने कुन युरोपेली देशबाट दहीलाई प्याकेटमा बेच्न थालिएका हुन् ?
- स्पेन

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.