Saturday, December 31, 2016

About 1950 July 31 Treaty

१९५० को सन्धि (सन् १९५० जुलाई ३१)
सन्धिका धाराहरुः
like and share it.
१ नेपाल सरकार र भारत सरकार का बीच अटल
शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको
पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र
स्वाधीनता स्वीकार र आदर गर्न
मन्जुर गर्छन् ।
२ कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ
सरकारको बीचमा रहेको मैत्रीको
सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले
परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल
गर्छन् ।
३ कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्धारा
परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय
राख्न मन्जुर गर्छ ।
४ दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु,
भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको
नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास
गर्नेछन् ।
५ नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य
क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने
हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना,
मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ
सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई
चालू गराउने कारबाहीको तय गर्नेछन् ।
६ भारत र नेपालको छमेकी
मैत्रीभावको प्रतीकस्वरुप दुवै
सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका
रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक
विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग
लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका
अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग,
व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका
विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार
लिनलाई कबुल गर्छन् ।
८ जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ,
ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस
सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब
सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई
खारेज गर्छ ।
९ हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
१०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि
पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।
▶ ज्ञान बाड्न तथा आफैसंग राख्न शेयर गर्नुहोला

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.