Saturday, December 31, 2016

नेपालको संविधान २०७२, का विशेषताह Nepali Constitute 2072

नेपालको संविधान २०७२, का विशेषताहरुः
===========================
▶ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन
व्यवस्था
▶ सार्वभौम र राजकीय सत्ता जनतामा
▶ ७ प्रदेशको संघीय संरचना
▶ संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य
संरचना
▶ संघीय र प्रदेश संसद्बाट निर्वाचित
संवैधानिक राष्ट्रपति
▶ सुधारिएको संसदीय शासन प्रणाली,
संसद्बाट निर्वाचित प्रधानमन्त्री
कार्यकारी प्रमुख
▶ प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
▶ २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास
प्रस्ताव ल्याउन नपाइने
▶ दुईतिहाइले संशोधन गर्न सकिने
▶ मिश्रित निर्वाचन प्रणाली
▶ केन्द्रमा प्रतिनिधिसभा र
राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
▶ प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित
१६५ र समानुपातिक ११० सहित २७५ सदस्य
▶ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
▶ राष्ट्रियसभामा सात प्रदेशबाट
निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३
सहित ५९ सदस्य
▶ प्रदेशमा एक सदनात्मक संसद्
▶ ७ प्रदेशमा कुल सांसद ५५०
▶ प्रदेशमा प्रदेश संसदबाट निर्वाचित
मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
▶ प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २०
प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
▶ प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत
प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन
प्रणालीबाट सांसद चुनिने
▶ 35 भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत्
संविधान
▶ प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
▶ प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले
गर्ने
▶ प्रदेशसभाले आफ्नो राजधानी तय
नगर्दासम्म केन्द्रीय सरकारले तोकेको
स्थानबाट कार्य सञ्चालन ह’ने ।
▶ संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय
सरकारको अधिकार क्षेत्र विभाजन
▶ प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार
नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले
प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
▶ एकीकृत न्यायपालिका
▶ केन्द्रमा सर्वोच्च अदालत
▶ सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
▶ प्रदेशपिच्छे उच्च अदालत
▶ साबिक जिल्लामा जिल्ला अदालत
▶ आमा वा बाब’को नामबाट वंशजको
नागरिकता
▶ धर्मनिरपेक्ष राष्ट्र
▶ धर्मनिरपेक्षताको व्याख्या–
धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली
आएको धर्म, संस्कृतिको संरक्षणलगायत
धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
▶ मधेसी, थारू, म’स्लिम, आदिवासी
जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
▶ सबै मातृभाषा राष्ट्रभाषा, सरकारी
कामकाजको भाषाको देवनागरिक लिपिमा
नेपाली
▶ राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र
राष्ट्रियगान यथावत्
▶ जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
▶ जिल्लामा निर्वाचित जिल्ला सभा रहने
▶ सरकार गठन गर्ने आयोगले एक वर्षभित्र
स्थानीय निकायको प’न:संंरचना गर्ने
▶ स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने
संक्रमणकालीन व्यवस्था
▶ चार वर्षका लागि निर्वाचित
संविधानसभाका सदस्यहरू बाँकी
कार्यकालका लागि रूपान्तरित
व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
▶ ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए
उम्मेदवारी मनोनयनका दिनसम्म मात्र
उनीहरूको कार्यकाल रहने ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.