Wednesday, January 4, 2017

Lok Sewa General Knowledge Question Answer 45

1. नेपाल टेलिकमले कहिलेदेखि सिपफोन प्रणालीको सुरुवात
गरेको हो ?
उत्तर = सन् २०११ जनवरी
2. विश्वमा सर्वप्रथम जलविद्दुत उत्पादन गर्ने देश कुन हो ?
उत्तर = फ्रान्स
3. काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरुभएको
हो ?
उत्तर = वि.सं २०७१ मंसिर ९ गते
4. महिला अधिकारलाई मौलिक हकको रुपमा मान्यता प्रदान
गर्ने नेपालको पहिलो संविधान कुन हो ?
उत्तर = नेपालको अन्तरिम संविधान २०६३
5. काँणा मालिका मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
उत्तर = डोटी
6.  पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर = चीन
7. क्रेडिट कार्ड प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन
हो ?
उत्तर = हिमालय बैंक
8. नेपाललाई कति साल सम्ममा अल्पविकसित राष्ट्रबाट
विकाशसिल राष्ट्रको श्रेणीमा पुर्याउने लक्ष्य राखिएको छ ?
उत्तर = सन् २०२२
9. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?
उत्तर = वि.सं २०२४
10. सोलुखुम्बुपछि सगरमाथा आरोहण गर्ने शेर्पाहरु कुन
जिल्लाका प्रथम स्थानमा पर्दछन् ?
उत्तर = दोलखा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.