Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 62

१ जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ?
– रियो सम्मेलन (नासु २०७०)
२ पातहरु हल्लिदा कति डेसिबल ध्वानी उत्पन्न हुन्छ ?
-१० डेसिबल (नासु २०७०)
३ जटाँयु रेष्टुराँ भनेको के हो ?
– गिद्ध संरक्षण र सम्बर्द्दन गर्ने कार्य (नासु २०६९)
४ सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको प्रतिबेदनको नाम के हो ?
-हाम्रो साझा भविष्य (नासु २०६९)
५ जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ?
-२५ औ (खरिदार २०७०)
६ नेपालमा कति प्रजातिका चराहरु संरक्षित गरिएका छन ?
– ९ प्रजाती (खरिदार २०६८)
७ सर्बप्रथम एडस कुन महादेशमा पत्ता लागेको हो ?
– अफ्रीका (खरिदार २०६८)
८ जनगणना २०५८ अनुसार नेपालमा महिला र पुरुषको अन्तर कति थियो ?
-२३,५८१ (खरिदार २०६८)
९ ग्रीन पिसको स्थापना कहिले भएको हो ?
– सन १९७१ (खरिदार २०६८)
१० ओजन तह पृथ्विको सतहबाट कति माथी रहेको छ ?
-२५ देखी ४० किमि सम्म(खरिदार २०६८)
११ पृथ्वी दिवस कहिले मनाइन्छ ?
– अप्रील २२ (खरिदार २०६८)
१२ सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रीय निकुञ्ज कुन हो ?
– बाँके राष्ट्रीय निकुञ्ज (शाखा अधिकृत २०७०)
१३ जैविक विविधतालाई कति भागमा बिभाजन गरिएको छ ?
– ३ (खरिदार २०६९)
१४ नेपालको राष्ट्रीय जनगणना कति कति वर्षमा लिने गरिन्छ ?
– प्रत्येक १० वर्षमा ( खरिदार २०७०)
१५ मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ?
– रक्तअल्पत्ता (खरिदार २०६९)
१६ भिजन २००५ के संग सम्बन्धित छ ?
– पर्यटन (नासु २०७१)
१७ युरो -१ के संग सम्बन्धित छ ?
– सवारिसाधन (नासु २०७१)
१८ नेपालमा संरक्षित,स्तनधारि,बन्यजन्तुको सङ्ख्या कति छ ?
-२७ (नासु २०७१)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.