Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 51

. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
-चाल्र्स डार्बिन
. अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?
- कृष्णकुमार पाण्डे
. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?
- सन् २००९-२०१५
. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान ' नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपाली को हुन् ?
- डा. सन्दुक रुइत
. नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा ( भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले कहिले गर्यो ?
- वि.सं. २०७२ पुस १०
. थामी जातिको मुख्य बसोबास स्थल दोलखा हो भने लेप्चा जातिको मुख्य बसोबास स्थल कहाँ हो ?
- इलाम
. नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?
- देवनागरी
. भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
- तामाङ
. ' अक्षराङ्क शिक्षा ' नामक कृतिका रचनाकार को हुन् ?
- जय पृथ्वीबहादुर सिंह
सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ?
- सुशील ज्ञवाली
खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ?
- पोखरा ( कास्की )
निजामती सेवाको पदपूर्ति सम्बन्धमा ' पिछडिएको क्षेत्र ' भनी कति जिल्लालाई तोकिएको छ ?
- ९ जिल्ला
मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ ?
- जेनेभा ( स्विजरल्यान्ड )
राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
- ३५ जिल्ला ( पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला )
१७. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिसनको गठन कहिले भएको थियो ?
- वि.सं. २००९
सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको मानिन्छ ?
- चीन
नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको थियो ?
- वि.सं. २०१३ भाद्र २२
सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
- बाँस

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.