Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 52

1. नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग कुन हो ?
- विराटनगर जुट मिल
२. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?
- एसिया
3. नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग अर्थात् पूर्व-पश्चिम राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुन कुन हुन् ?
- मकवानपुर र अर्घाखाँची
4. नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?
- वि.सं. १९०८
5. विश्वमा तीव्र आर्थिक बृद्धि गरिरहेका राष्ट्रहरुको समूह BRICS अन्तर्गत पर्ने राष्ट्रहरु कुन कुन हुन् ?
- ब्राजिल , रुस , भारत, चीन र दक्षिण अफ्रिका
6. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन् ?
- हिमालयसमशेर जबरा
7. Great Himalayan Trail के सँग सम्बन्धित छ ?
- पदयात्रा मार्ग
8. नेपालमा आर्थिक क्षेत्रको सुधारका रुपमा भूमिसम्बन्धी ऐनको तर्जुमा कहिले गरियो ?
- वि.सं. २०२१
9. सन् १९७६ मा गठित नेपाल सहायता समूहलाई हाल के भनी नामकरण गरिएको छ ?
- नेपाल विकास मञ्च ( सन् २००० देखि)
10. बहुपक्षीय व्यापार सञ्चालन विश्वव्यापार सङ्गठन (WTO) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
- वि.सं. २०६१ बैशाख ११ ( २३ अप्रिल २००४ )
11. ओलम्पिक खेलमा नेपाले सर्वप्रथम कहिले सहभागिता जनायो ?
- सन् १९६४ को १८ औं टोकियो ओलम्पिक
12. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक कहिले सम्पन्न भयो ?
- वि.सं. २०६६ मङ्सिर १९
13. कुनकुन जनगणनामा नेपालको जनसङ्ख्या बृद्धिदर ऋणात्मक थियो ?
- दोस्रो र तेस्रो
14. नेपालको एक मात्र सिकार आरक्ष कुन हो ?
- ढोरपाटन सिकार आरक्ष
15. इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
- पहिलो नियम
16. ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ?
- डेसिबल
17. DPT को पुरा रुप के हो ?
- Diphtheria Pertussis Tetanus
18. नेपालको पहिलो महिला राजदुतको हुन् ?
- विन्देश्वरी शाह
19. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?
- अफगानिस्तान
20. भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ' डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५ ' बाट सम्मानित हुने नेपाली को हुन् ?
- कलाकार अरुणा हिङमाङ
21. यस बर्ष ( २०७२ ) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ?
- प्रा.डा. तुलसीनारायण बैध्य
22. भारत फाइनलमा अफगानिस्तानलाई २–१ ले पन्छाउँदै सातौंपल्ट साफ च्याम्पियन भएको छ ।सन् १९९३ मा 23. सार्क गोल्डकपको रुपमा सुरु भएको यो क्षेत्रीय प्रतियोगितामा भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ मा ट्रफि चुमेको थियो ।
24.तेञ्जिङ-हिलारी एभेरेष्ट म्याराथन 2015 को पुरुषतर्फको उपाधि भिम भहादुर गुरुङले प्राप्त गरे भने महिलातर्फको उपाधि आङदामि शेर्पा पाईन ।
25. 'एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश ३६ औ हो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.