Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 61

१. बाँस कुन एसियाली मुलुकको राष्ट्रिय रुख हो ?
–भियतनाम
२. जैविक विविधताका दृष्टिले नेपाल विश्वमा २५ औ स्थानमा आउँछ भने एसियामा कति औ स्थानमा आउँछ ?
– नवौं
३. आँप कुन सार्क मुलुकको राष्ट्रिय रुख हो ?
– बंगलादेश
४. संयुक्त राज्य अमेरिकाले १२७ मुलुकका कति वस्तुलाई सुविधाअन्तर्गत सामान निर्यात गर्दा शुन्य भन्सार सुविधा दिँदै आएको छ ?
– पाँच हजार
५. रोजगारी अनुमति प्रणाली ( ईपियस ) मार्फत रोजगारीका लागि कोरिया आउने प्रवासीमध्ये औद्दोगिक उत्पादन क्षेत्रमा नेपाली कामदारको प्राथमिकता कुन स्थानमा परेको छ ?
– तेस्रो स्थान
६. एयर अरेबिया कुन खाडी मुलुकको सस्तो उडान गर्ने बजेट एयरलाइन्स हो ?
– संयुक्त अरब इमिरेट्स
७. दक्षिण कोरियामा नेपाली कामदार कुन क्षेत्रमा पहिलो स्थानमा छन् ?
– कृषिमा
८. कुन श्रीलंकाली राष्ट्रपति कुनै समय अभिनेता थिए ?
– महिन्दा राजपाक्षे
९. गर्भपतनको विरोध गर्ने डिल्मा रुसेफ कुन देशकी प्रथम महिला राष्ट्रपति हुन ?
– ब्राजिल
१०. कुन भारतीय उद्दोगपति सन् १९२० देखि १९४२ सम्म राष्ट्रिय काग्रेसका कोषाध्यक्ष थिए ?
– जमनलाल बजाज
११. भारतमा सुप्रिम कोर्टको नयाँ फैसला अनुसार अदालतबाट दोषी ठहर नेता संसदमा उठ्न र पदमा रहन नपाउने पहिलो नेता को हुन् ?
– लालु प्रसाद यादव
१२. संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ?
– विश्वेश्वरप्रसाद कोइराला
१३. सी वर्गका राणाहरुलाई उपत्यका बाहिर पठाउने श्री ३ महाराज को हुन् ?
– जुद्दशमशेर
१४. विश्वमा सर्वप्रथम कुन देशबाट नागरिकता वैयतिक तथा स्वतन्त्रताको अधिकारलाई संरक्षण दिइएको हो ?
– अमेरिका
१५. बेलायतका कुन प्रधानमन्त्रीको जन्म बाथरुममा भएको थियो ?
– विन्स्टन चर्चिल
१६. नेपालको पहिलो गभर्नरका रुपमा नियुक्त हुँदा हिमालयशमशेर जबरा कति बर्षका थिए ?
– २८ बर्ष
१७. सन् १९८२ मा साउदी अरेवियामा को राजा बने र विश्वमा साउदी अरब सर्वाधिक तेल उत्पादक राष्ट्र बन्यो ?
– फादाह
१८. नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध कहिले भएको हो ?
– सन् १९७७ मार्च १५
१९. नेपालको राजधानी काठमाडौंमा साउदी अरबले आफ्नो दूताबास कहिले खोलेको हो ?
– सन् २०१२
२०. स्थापना कालदेखि सर्वसम्मतबाट अध्यक्ष चयन गर्दैआएको एनआरएन अध्यक्ष कुन सम्मेलनदेखि पहिलोपटक अध्यक्षमा निर्वाचित प्रणालीबाट भएको हो ?
– छैटौँ सम्मेलनमा
२१. गैर आवासीय नेपाली संघ ( एनआरएन ) को छैटौं सम्मेलनमा अध्यक्षमा को चयन भए ?
– शेष घले
२२. गैरआवासीय नेपाली संघले हालसम्म कति मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ?
– ६५ मुलुकमा
२३. नेपालमा अन्तरिम संविधान २०६३ ले राज्यका हरेक निकायमा कति प्रतिशत महिला सहभागिता गराउने उल्लेख गरेको छ ?
– ३३ प्रतिशत
२४. २०७० साल मंसिर ४ गते भएको दोस्रो संविधानसभाको चुनावमा सबैभन्दा बढी महिला सहभागिता नेपाल मजदुर किसान पार्टीले गराएको थियो भने उक्त राजनीतिक दलले कति प्रतिशत महिला सहभागिता गराएको थियो ?
– २५ प्रतिशत
२५. २०७० साल मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधान सभाको प्रत्यक्ष निर्वाचनमा देशभरि ६ हजार ३ सय ५२ जनाको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवारको संख्या कति थियो ?
– ५५१ जना
२६. हालसम्म नेपालमा हस्ताक्षर वा औंलाछाप सद्दे वा किर्ते हो भनेर छुट्याउन सक्ने एकमात्र विज्ञ को हुन ?
– पदमराज काफ्ले
२७. काठमाडौं उपत्यकामा सवारी प्रदुषण जाँच कहिलेदेखि गर्न थालियो ?
– वि.सं २०५१ साल वैशाख १
२८. कति माइक्रोनभन्दा कमको प्लाष्टिक उत्पादन गर्न प्रतिबन्ध लगाईऐका छ ?
– २० माइक्रोन
२९. याहु विश्वमा सबैभन्दा प्रचलित वेबसाइट हो, यसको मुख्यालय अमेरिकाको कुन राज्यमा रहेको छ ?
– क्यालिफोर्निया
३०. म पनि डाक्टर नामक पुस्तकका लेखक कुन मुटुरोग विशेषज्ञ हुन् ?
– डा. ओमपूर्ति अनिल
३१. यौनसम्बन्धी पुस्तक सृष्टिको रोमान्स नामक कृतिका लेखक कुन यौन विशेषज्ञ हुन् ?
– डा. सुबोध पोखरेल
३२. लोक कलाकारको छाता संगठन लोकदोहोरी प्रतिष्ठान पाँचौ अधिवेशनले अध्यक्षमा कसलाई चयन ग¥र्यो ?
– चन्द्र शर्मा
३३. द्वन्दका क्रममा मारिएका पत्रकार डेकेन्द्र थापा माथि बनेको डकुमेन्ट्री फिल्मको नाम के हो ?
– अलाइभ जर्नालिस्ट बुरिड
३४. तराईमा कुन जातको धान विवाहको विधिका लागि नभइ नहुने जात हो ?
– लालका बास्मती
३५. कुन जातको धान छठ पर्वमा प्रसाद बनाउन अनिर्वाय चाहिन्छ ?
– साठी
३६. ट्वान्टी – २० अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने बलर को हुन् ?
– ब्रेट ली
३७. प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कुन क्लब प्रथम भएको थियो ?
– एपीएफ
३८. जमराना, बारबरी र जमुनापारी कुन जनावरका प्रजाति हुन् ?
– बाख्रा
३९. ध्रुवीय भालुको मुख्य आहारा के हो ?
– सिल माछा
४०. मकवानपुरको एकामात्र पर्यटक गाउँ कुन हो ?
– चित्लाङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.