Saturday, January 21, 2017

Lok Sewa Question Answer 200

⏩पिएम १० भनेको के हो ?
➡ वायु प्रदुषणमा प्रमुख भूमिका रहने धुलाका कणहरुलाई पिएम १० भनिन्छ । विश्व स्वाथ्य संगठनका अनुसार पिएम १० को मात्रा २० माइक्रोग्राम प्रति घनमीटर भन्दा कम हुनु पर्छ । काठमाडौं उपत्यका, विश्वका प्रदुषित शहरको रुपमा देखाउने पिएम १० को मात्रा ११८ माइक्रोग्राम प्रतिघनमीटर रहेको छ जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा छ गुणा बढी हुन जान्छ । खासगरी पिएम १० ले वायुमण्डलमा भएको धुलकणको मात्रालाई मापन गर्दछ ।
⏩हरितगृह प्रभाव (Green House Effect)
➡सामान्य शब्दमा Green House एउटा सिसाबाट निर्मित घर हो । जसमा बन्द सिसाको बाकसभित्र सूर्यको ताप र प्रकाश दुवै प्रवेश गर्न सक्ने तर सिसाभित्रको ताप बाहिर आउन नसक्ने अवस्था हुन्छ यसैलाई Green House Effect भनिन्छ ।
(क) पृथ्वीमा हाल अत्याधिक औद्योगीकरणका कारण सिर्जित कार्बनडाइअक्साइड (Co2), मिथेन (CH2), नाइट्रस अक्साइड जस्ता ग्याँसहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ । जसको कारण सूर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलमा निस्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ । जसको कारण पृथ्वीमा तापक्रम दिन प्रतिदिन बढ्दै भएको छ । यसैलाई Green House Effect भनिन्छ ।
(ख) स्वीडेनका रसायनशास्त्री आर्थिनसले सन् १९८६ मा Green House Effect भएको पत्ता लगाएका थिए ।
⏩ओजन तहः–
➡(अ) पृथ्वीको सहतभन्दा २५–४० किलोमिटर उचार्ईसम्मको वायुमण्डलको Stratosphere मा रहेको ग्याँस निर्मित तहलाई ओजन तह भनिन्छ ।
(आ) यो ओजन तहले सूर्यको परावैजनी किरण (Ultraviolet) हरूलाई सूर्यबाट सोझै पृथ्वीमा आउनबाट रोकी वातावरण सन्तुलन बनाउन सहयोग गर्दछ ।
(इ) ओजन तहको विनाशले सूर्यको परावैजनी किरण पृथ्वीमा सोझै आई विभिन्न असरहरू जस्तै छालाको क्यासर, आँखामा मोतिबिन्दु आदि देखा पर्दछन् ।
(ई) क्लोरोफ्लोरो कार्बन (CFC) ओजन तह विनाश गर्ने प्रमुख ग्याँस हो भने अन्यमा नाइट्रस अक्साइड, आर्गन, मिथेन जस्ता दुषित ग्याँसहरू हुन् ।
(उ) ओजन तहको खोजी गर्ने वैज्ञानिक J.C Farman हुन् ।
⏩विश्वव्यापी उष्णता (Global Warming)
➡(क) कलकारखाना, उद्योगधन्दा लगायत अन्य कृयाकलापहरूबाट कार्बनडाइ अक्साइड, क्लोरोफ्लोरो कार्बन, मिथेनजस्ता हरित ग्याँसहरूको मात्रा बढेकाले वायुमण्डलको तापक्रम क्रमशः बढ्दै गएको छ । अवस्थालाई Global Warming भनिन्छ ।
(ख) Global Warming का कारण वर्षा अनियमित हुने, खडेरी पर्ने, कृषि उत्पादनमा ह्रास आउने, जैविक विविधतामा प्रतिकुल असर पर्ने, जलवायु परिवर्तन हुने समस्या विश्वमा प्रमुख चुनौतीका रूपमा देखापरेको छ ।
(ग) जलवायु परिवर्तनको कारण हरित गृह ग्याँसको निष्काशनमा विकसित राष्ट्रहरूको भूमिका बढी र नेपालजस्तो विकाशोन्मुख राष्ट्रको कम हुने भएता पनि नेपाल हिमाली मुलुक भएकाले जलवायु परिवर्तनबाट बढी प्रभावित हुने देखिएको छ ।
⏩अम्लीय वर्षा (Acid Rain)
➡ विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, Sulphur dioxide, कार्बनडाइअक्साइड जस्ता ग्याँसहरू हुन्छन् । यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग घुल्दा अम्ल (Acid) बन्दछ । सोही अम्ल पृथ्वीमा पानी वा असिनाको रूपमा वर्षन्छ । यसैलाई अम्लीय वर्षा भनिन्छ ।
- यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणी तथा वनस्पति, भौतिक निर्माण तथा माटोको उर्वरा शक्तिलाई समेत असर पुर्यापएको हुन्छ ।
- अम्लीय वर्षाको बारेमा जानकारी गराउने पहिलो वैज्ञानिक Robert Angus Smith हुन् ।
⏩Stone Cancer
➡ विभिन्न किसिमका आणविक विस्फोट र घातक रासायनिक हातहरियार प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवजन्तुहरूको अस्तित्व नुहुनु तथा वातावरण प्रदुषणको कारणले नकारात्मक असर पर्नुलाई स्टोन क्यान्सर भनिन्छ ।
-दोस्रो विश्वयुद्धको बेला जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाद्वारा गराइएको आणविक विस्फोटका कारण त्यहाँ यही अवस्था देखा परेको थियो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.