Wednesday, January 18, 2017

Lok Sewa Question Answer 148

१.विश्वको सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
२. विश्व बसोबास दिवस २०१५ को नारा के रहेको
छ ?
- Public spaces for all अर्थात सबैका लागि
सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित
वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस
नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त
राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-
HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर
महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस
मनाउँदै आइएको छ ।)
३. सन् २०१५ अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी
खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ : भीम गुरुङ (नेपाली आर्मी) र महिला तर्फ
: आङदामी सेर्पा
(सोलुखुम्बु)
४. सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कति
स्थानमा नयाँ सहर निर्माण गर्ने योजना तय गरेको
छ ?
- १० (पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर,
सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको
डुम्रेभन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको
चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको
साँफेबगर र बैतडीको पाटन गरी १० स्थान)
५. नेपालले विश्वको ०.०३ प्रतिशत भू-भाग ओगटेको छ
भने एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ ?
- ०.३ प्रतिशत (दक्षिण एसियाको ३ प्रतिशत भूभाग
ओगटेको ।)
६. विश्वको कुन घटना पश्चात सरकार र निजी
क्षेत्रवीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन
थालियो ?
- सन् १९३० को आर्थिक मन्दी
७. ज्येष्ठ नागरिकहरुलाई सार्वजनिक सवारी
साधनमा ५० प्रतिशत छुट दिने निर्णय कहिले भएको
हो ?
- वि.सं. २०७२ माघ २१
८. लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले
प्रदान गरिएको हो ?
- वि.सं. २००८
९. तेह्रौ त्रिवर्षिय योजना
(२०७०/७१-२०७२/ ७३ को अन्त्यसम्ममा नेपालीको
औसत आयु कति पुर्याउने लक्ष्य रहेको छ ?
- ७१ बर्ष
१०. साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा
स्थापित चक्रपाणि स्मारक पुरस्कार (वि.सं. २०७२
मा) कसलाई प्रदान गरिने भएको छ ?
- कथाकार तथा स्तम्भकार ध्रुब मधिकर्मी
११. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Staff
Collage) को स्थापना कहिले भएको हो ?
- वि.सं. २०३९
१२. सन् २०१५ सम्ममा विश्वभरबाट भोकमारीको
अन्त्य गर्ने उद्देश्यका साथ सञ्चालित जिरो हङ्गर
च्यालेन्ज अभियान नेपालमा औपचारिक रुपमा
कहिलेदेखि सुरु भएको हो ?
- वि.सं. २०७१ पुस ४
१३. वैङ्क खातामा पर्याप्त रकम नभएका कारण
भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?
- Bounced cheque
१४. पृथ्वीको वातावरण संरक्षणलाई पहिलो
प्राथमिकता दिनुपर्छ अनि मात्र अरु कार्य गर्नुपर्छ
भनी अमेरिकी यवाद्वारा सञ्चालन गरिएको
आन्दोलनलाई के भनिन्छ
?
- Earth first
१५. विश्वको इतिहासमा मानव अधिकारको
सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई भनिन्छ ?
- म्याग्नाकार्टा
१६. विश्वकै सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
- होटल एभरेष्ट भ्यु (सोलुखुम्बु)
१७. वीर बलभद्र कुँवरको नेपाल-अङ्ग्रेज वीच भएको
कहाँको युद्धमा वीरतापूर्वक लडी राष्ट्रभक्तिको
परिचय दिएका थिए ?
- नालापानीको युद्ध
१८. सन् २०१५ को भौतिक शास्त्रतर्फको नोबेल
पुरस्कार कसलाई प्रदान गरियो ?
- जापानका ताकाकी काजिता र क्यानाडाको आर्थर
बी. म्यावडोनाल्ड
१९. सन् २०१५ को चिकित्साशास्त्र तर्फको नोबेल
पुरस्कार कसलाई प्रदान गरियो ?
- विलियम सी. क्यामबेल (आयरल्यान्ड), सानोसी ओमुरा
(जापान) र युयु टु (चीन)
२०. सन् २०१५ को नोवेल शान्ति पुरस्कार कसलाई
प्रदान गरियो ?
- ट्युनिसियाको राष्ट्रिय वार्ताटोली

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.