Wednesday, January 18, 2017

Lok Sewa Question Answer 149

२१. सन् २०१५ को साहित्यतर्फको नोबेल पुरस्कार
कसलाई प्रदान गरियो ?
- बेलारुसी लेखिका स्वेटलाना अलेक्सिभिच
(साहित्यकार तथा पत्रकार)
२२. आयकर नियमावली, २०५९ को पाँचौ संशोधन
कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
२३. भन्सार नियमावली, २०६४ को छैटौं संशोधन
कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
२४. सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ
भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?
- यज्ञराज शर्मा
२५. नदीको किनार भए जस्तै समुद्रको के हुन्छ ?
- तट
२६. नेपालमा मात्र सञ्चालन हुने अन्तर्राष्ट्रिय
स्तरको खेलकुद प्रतियोगिता कुन हो ?
- हात्तीपोलो
२७. गैँडाको खागबाट निर्मित पितृलाई तर्पण दिँदा
प्रयोग गरिने भाँडोलाई के भनिन्छ ?
- खगौतो
२८. रुपसे झरना म्याग्दी जिल्लामा पर्दछ भने सुलिगढ
झरना कहाँ पर्छ ?
- डोल्पा
२९. जापानको पुरानो नाम निप्पोन हो भने
नेदरल्यान्डको पुरानो नाम के हो ?
- हल्यान्ड
३०. नेपालको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो
भने सबभन्दा सानो मुर्ति कुन हो ?
- पाटनको विश्वरुपको मुर्ति
३१. परादित्य गढी महोत्तरी जिल्लामा पर्दछ भने
दुगुनागढी कहाँ पर्दछ ?
- सिन्धुपाल्चोक
३२. चन्द्र-सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाका
डिजाइनर को हुन् ?
- शङ्करनाथ रिमाल
३३. वि.सं. २०७१ असोज २ (१८ सेप्टेम्बर २०१४) मा
मनाइएको प्रथम परिवार दिवसको नारा के थियो ?
- व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार
३४. दुई मुलुक वीचको सीमारेखामा स्थापित
सीमास्तम्भबाट दुवैतर्फ दस-दस गज चौडा खालि
छाडिएको जमिनलाई के भनिन्छ ?
- दसगजा क्षेत्र (No-man's Land)
३५. "अति महत्वाकांक्षाले देवतालाई पनि पतन
गराउँछ ।" भन्ने विचारक को हुन् ?
- सेक्सपियर
३६. धिमारल भाषाको पहिलो चलचित्र
'उनी' हो भने नेवारी भाषाको पहिलो चलचित्र कुन
हो ?
- शिलु
३७. नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता
केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा कहिले
निर्वाचित भए
?
- वि.सं. २०७२ असोज २४ (उनी नेपालको ३८ औं
प्रधानमन्त्री तथा कम्युनिष्ट प्रधानमन्त्रीमा छैटौं
हुन ।)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.