Thursday, January 19, 2017

Lok Sewa Question Answer 155

• अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर निरक्षर जनसंख्या ७.5 प्रतिशत रहेको छ ।
• नेपाल सरकारले आ.ब. २०७१/7२ लाई निरक्षरता उन्मुलन वर्षको रुपमा मनायो ।
• UNESCO ले ९५ प्रतिशत भन्दा बढी साक्षर भएमा पूर्ण साक्षर भएको मान्न सकिने मापदण्ड लागू गरेको छ ।
• वि.सं. २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको रुपमा प्रमाणपत्र प्राप्त गर्न सफल भएका दाङ हापुरेका चन्द्रबहादुर डाँगीको ७५ बर्षको उमेरमा २०७२ भाद्र १८ मा निधन भयो ।
• आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्ने उद्देश्यसाथ नेपाल सरकारले नयाँ बाणिज्य नीति २०७२ भाद्र १६ मा सार्वजनिक गरेको हो ।
• भारतको उडिसा स्थित एक विश्वविद्यालयबा
ट मानार्थ विद्याबारिधि प्राप्त गर्ने नेपाली विनोद चौधरी हुन् ।
• अति कम विकसित राष्ट्रवाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन २०९४ डलर प्रतिव्यक्ति आय कायम हुनुपर्दछ ।
• दिगो विकास लक्ष्य अनुसार नेपाललाई सन् २०३० सम्ममा जोखिममुक्त र सुरक्षायुक्त मुलुक वनाउने तय भएको छ ।
• नेपालमा लैँगिक समानता र महिला सशक्तिकरण राष्ट्रिय कार्ययोजना वि.सं. २०५४ सालमा तर्जुमा गरिएको हो ।
• पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न हुने शक्तिलाई जियो थर्मल शक्ति भनिन्छ ।
• नेपालमा निजी क्षेत्रबाट निर्मित पहिलो जलविद्युत आयोजना खिम्ती जलविद्युत आयोजना हो ।
• कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई असंलग्न नीति भनिन्छ ।
• Agenda for development नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने UNO का महासचिव डा. बुत्रोस बुत्रोस घाली तथा UNO को सुधारसम्बन्धी Quiet Revolution नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव कोफि अन्नान हुन् ।
• SAPTA सन् १९९७ डिसेम्बर ७ देखि लागू भएको हो ।(अनुमोदन गर्ने पहिलो - नेपाल, अन्तिम - बंगलादेश)
• निजामति सेवाको सपना, समृद्ध नेपालको रचना- वि.सं. २०७२ भाद्र २२ मा मनाईएको निजामति सेवा दिवसको नारा ।
• Double Track Strategy of Development - शान्ति र विकासका लागि एकै साथ लगानी गर्ने रणनीति
• लोकसेवा आयोगको केन्द्रिय कार्यालय कमलपोखरीबाट अनामनगर वि.सं. २०६६ असार १२ मा सारिएको ।
• गढिमाई मन्दिर बारा जिल्लाको वरियापुर गाविसमा रहेको छ ।
• २०७२ सालको शिक्षा दिवसको नारा : दिगो विकासको लागि गुणस्तरिय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था ।
• नेपाल चलचित्र प्राविधिक संघद्वारा हरेक वर्ष प्रदान गरिने कलारत्न उपाधिबाट २०७२ सालमा सम्मानित हुने : हास्यजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
• हाल विश्वकै सबैभन्दा बृद्ध जीवित व्यक्ति - जापानका यातारो कोईडे
• नेपालमा सर्वप्रथमा वि.सं. २००८ माघ २१ गते वजेट प्रस्तुत भएको थियो । ISO-9000 बस्तुको गुणस्तर चिन्हसंग सम्बन्धित छ भने ISO-14000 वातावरण ब्यवस्थापन तथा ISO-22000 Food safety Management system संग सम्बन्धित छ ।
• सुकरातको जन्म ग्रीसको एथेन्स सहरमा भएको थियो ।
• संगित शीरोमणि यज्ञराज शर्मा हुन् भने बाद्य शिरोमणि उस्ताद गणेशलाल हुन् ।
• भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा हुन् ।
• सन् २०१५ अगष्ट २०-२९ सम्म नेपालमा सम्पन्न अण्डर नाईन्टिन साफ च्याम्पियनशीपको प्रथम संस्करणको उपाधि उपाधि नेपालले जित्यो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.