Thursday, January 19, 2017

Lok Sewa Question Answer 156

• नेपालमा सर्वप्रथम स्थापना भएको ‍औद्योगिक क्षेत्र बालाजु ‍औद्योगिक क्षेत्र विसं २०१६ सालमा स्थापना भएको हो ।
• नेपालको आर्थिक तथा बाणिज्य राजधानी भनेर बीरगञ्जलाई चिनिन्छ ।
• प्रथम गैरआवासिय सम्मेलन २०६० सालमा सम्पन्न भएको थियो जसको नारा नेपालीले नेपालीका लागि भन्ने रहेको थियो।
• भ्रष्टाचार नियन्त्रण गर्न जंगबहादुरको समयमा स्थापित अड्डाको नाम धर्म कचहरी हो ।
• त्रिभुवन विश्वबिद्यालयका वर्तमान उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ हुन् ।
• The wealth of nations का लेखक - आडम स्मिथ हुन् ।
• आ.ब. २०७१/७२ मा नेपालले १८० मुलुकसंग गरेको द्धिपक्षिय व्यापारमध्ये ३१ मुलुकसंगको ब्यापार नाफामा रहेको छ ।
• निकासी प्रबर्द्धन गरी समाबेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहित बाणिज्य नीति २०७२ जारी भएको ।
• तेल उत्पादक राष्ट्रहरुको समुह ओपेकमा हाल १३ सदस्य राष्ट्र रहेका छन् ।
• मलेसियाको क्वालालम्पुरमा आयोजित ईन्टरप्रेनुअर फेडेरेसनमा द मार्स अवार्ड हासिल गर्ने नेपाली गणेश पाण्डे हुन् ।
• सर्वोत्कृष्ट निजामति पुरस्कार १ जनालाई, पुरस्कार राशि २ लाख, उत्कृष्ट निजामति सेवा पुरस्कार १० जनालाई राशि १ लाख, निजामति सेवा पुरस्कार ३० जनालाई ५० हजार ।
• २०७१ सालको मदन पुरस्कार- विजयकुमार पाण्डेलाई.... जगदम्बाश्री अंगुरबाबा जोशीलाई ।
• २०७२ सालको पद्मश्री साधना सम्मान मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ।
• श्वासप्रस्वास क्रिया,मुटुको चाल,पाचन रसको श्राब, रक्तनलीको खुम्चाई फुकाई आदिको नियन्त्रणसम्बन्धी कार्य मष्तिष्कको मेडुला अब्लङ्गेटाले गर्दछ ।
• बालअधिकार महासन्धि १९८९ अनुसार बालबालिकाका अधिकारलाई ४ क्षेत्रमा बिभाजन गरिएको छ ।
• राष्ट्रिय बालदिबस २०७२ को मूल नारा पुनर्निर्माण र संविधान: बालअधिकारको संरक्षण हाम्रो अभियान ।
• NARC-Nepal Agriculture Research Counsil
• गैर आवासिय नेपाली संघको स्थापना २००३ अक्टोवर ११ मा
• समृद्धि: द प्रोस्परिटि फाउन्डेसन द्वारा क्यानडाको फ्रेजर ईन्सिच्युट संगको सहप्रकाशन एबं नेपाल उद्योग बाणिज्य महासंघसंगको साझेदारीमा सन् २०१५ सेप्टेम्बर १४ मा सार्वजनिक विश्व आर्थिक स्वतन्त्रता सम्बन्धी प्रतिवेदन २०१५ अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिकोणबाट नेपाल १०६ औँ स्थानमा रहेको छ ।
• Pneumonia फोक्सोमा लाग्ने रोग हो ।
• सन् २०१५ सेप्टेम्वरमा सम्पन्न ७२ औँ भेनिस फिल्म फेस्टिवलमा ईन्टरनेशनल क्रिटिक्स विक सेक्सनतर्फ उत्कृष्ट फिल्मको अवार्ड मीनबहादुर भाम निर्देशित फिल्म कालो पोथीलाई प्रदान गरियो ।
• नेपाल सरकारबाट नियमित रुपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालयलाई सामुदायिक बिद्यालय भनिन्छ ।
• बार्हसिङ्गेका लागि शुक्लाफाँटा बन्यजन्तु आरक्ष प्रख्यात रहेको छ ।
• निजगढ बिमानस्थला ६५ करोड लागतमा बन्ने भएको छ ।
• नेपाली महिला क्रिकेटरको कथा समेटेर बनाईएको बृत्तचित्र अ न्यू होराईजन हो ।
• प्रोटोकल १८ मानव अधिकारसँग सम्बन्धित छ ।
• अदुवा उत्पादनमा नेपाल विश्वकै चौथो ठूलो राष्ट्र हो ।
• भक्तपुरको नवदुर्गा नाच सुवर्ण मल्लले चलाएका हुन् ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.