Friday, January 20, 2017

Lok Sewa Question Answer 173

३१. समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ??
–जयस्थिति मल्ल
३२. जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ??
–४३ वर्ष
३३. गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ??
–जयस्थिति मल्ल
३४. पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ??
–जयस्थिति मल्ल
३५. जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ??
–४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
३६. रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ??
–जयस्थिति मल्ल
३७. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ??
–३ भाग (शहरको घर, गल्लीको घर,
गल्ली भित्रको घर)
३८. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ??
–जयस्थिति मल्ल
३९. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ??
–जयस्थिति मल्ल
४०. राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ??
–जयस्थिति मल्ल
४१. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ??
–अनन्त मल्ल
४२. बनेपा, पनौँती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ??
–अनन्त मल्ल
४३. मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ??
–चौतारा
४४. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ??
–जगप्रकाश मल्ल
४५. भक्तपुरका अन्तिम राजा को थिए ??
–रणजीत मल्ल
४६. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
–सिद्धिनरसिंह मल्ल
४७. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
–महिन्द्र मल्ल
४८. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
– रत्न मल्ल
४९. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ??
–जयप्रकाश मल्ल
५०. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
–अंशुवर्मा
५१. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
– जगज्योति मल्ल
५२. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
–प्रताप मल्ल
५३. “हर गौरी विवाह” नाटकका लेखक को हुन् ??
–जगज्योती मल्ल
५४. अरनिको चीन कहिले गएका थिए ??
–वि.सं. १३१७ मा
५५. पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ??
–राजा प्रचण्डदेव
५६. बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ??
–जयप्रकाश मल्ल
५७. सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ??
–कुलमण्डन शाह
५८. पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ??
–राज्यप्रकाश मल्ल
५९. लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ??
–पसल खोल्दा लाग्ने कर
६०. राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ??
–भोगीनी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.