Friday, January 20, 2017

Lok Sewa Question Answer 181

• नेपालको सबैभन्दा ठूलो ताल समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ ?
– ३२०० मिटर
• पोकली झरना ओखलढुंगा जिल्लामा पर्दछ भने भन्नुहोस् इलामडाँडा झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
• स्यार्पु दह रुकुममा बोतकोट दह कञ्चनपुरमा पर्दछ भने भन्नुहोस , स्याङ्ताङ दह कुन जिल्लामा पर्दछ ?
– अर्घाखाँची
• नासपातीको टापु भनेर कुन एसियाली मुलुकलाई जनाउँछ ?
– श्रीलंका
• विश्वको एक देशको क्षेत्रफल २१,४९,९९० वर्ग कि मि छ तर अचम्मको कुरो त्यो देशमा एउटा पनि नदी छैन, भन्नुहोस उक्त देश कुन हो ?
– साउदी अरब
• मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
– चीन र भियतनाम
• एउटा मान्छेले कम्बोडियाको पश्चिमी बोडर पार गर्यो भने कुन मुलुकमा पुग्दछ ?
– थाइल्यान्ड
• विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कुन देशमा पर्दछ ?
– भेनेजुएला
• सगरमाथाा आरोहण गर्ने एकजना आरोही बराबर कति के.जी फोहोर आधार शिविरसम्म अनिवार्य रुपमा ल्याउनुपर्ने नियम छ ?
– ८ के.जी
• सगरमाथा आरोहण गर्न आरोहीहरुले रोयल्टी तिरेपछि कति बर्षभित्र आरोहण गरिसक्नुपर्छ ?
– २ बर्षभित्र
• विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कति तारिखमा मनाइन्छ ?
– अप्रिल २३ (सन् १९९५ देखि युनेस्कोले यो दिवस मनाउने निर्णय गरेको हो )
• नेपाल मुक्तक प्रतिस्ठानद्दारा प्रकाशित नविनतम् मुक्तक संग्रह उदास मन कृतिका लेखक को हुन् ?
– उदास कार्की
• कर्म घरमा एक चक्कर नामक निबन्ध संग्रहका लेखिका को हुन् ?
– मञ्जु गुरुङ
• लेप्चा जातिको पुरुषले लगाउने पहिरनलाई दमवोन भनिन्छ भने महिलाले लगाउने पहिरनलाई के भनिन्छ ?
– दमदेन
• नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र का निर्देशक डि बी परियार हुन भने उनको पुरा नाम के हो ?
– दिव्यविक्रम परियार
• नेपालमै निर्मित पहिलो नेपाली चलचित्र आमा हो भने यस चलचित्रलाई कसले निर्देशन गरेको थिए ?
– हिरासिंह खत्री
• ६१ औं भारतीय राष्ट्रिय फिल्म अवार्डमा नेपाली मूलकी एक युवतीले प्राप्त गरिन् । भन्नुहोस् ती नेपाली मूलकी युवती को हुन् ?
– गीताञ्जली थापा
• नेपालमा प्रचलित पहिलो मुद्रा मानदेवले प्रचलनमा ल्याएको मुद्रा कुन धातुबाट बनाईएको थियो ?
– तामा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.