Saturday, January 21, 2017

Lok Sewa Question Answer 193

२१. सुदूर पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
२२. नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु२ लाख ) कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
२३. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
– प्रवज्या
२४. विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
२५. एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ?
– चीन
२६. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
२७. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के भनिन्छ ?
– मोनोब्सनी
२८. अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
२९. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ?
– ३०२ हप्ता
३०. दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?
– सन् २०१४ जुलाई ३०
३१. ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?
– मेक्सिको
३२. World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को हुन् ?
– आरोन फिन्च (अस्ट्रेलिया)
३३. नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
– प्लासर
३४. निल आर्मस्ट्रङको निधन कहिले भएको हो
– 2012 अगष्ट 25
३५. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?
– ९८ औं
३६. मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
– उभय
३७. जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
– थारू
३८. कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
– ल्होमी
३९. वाल्मीकि आश्रम कहाँ रहेको छ ?
– नवलपरासी (नारायणी नदीको किनारमा)
४०. कौटिल्यको वास्तविक नाम के हो ?
– विष्णु गुप्त

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.