Saturday, January 21, 2017

Lok Sewa Question Answer 194

४१. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४२. मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १६–१८
४३. नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?
– ७०
४४. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो भन्ने भनाई कसको हो ?
– गौतम बुद्ध
४५. नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १७–१८, काठमाडौं
४६. दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवासघिसिङको निधन कहिले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४७. दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले हुने भएको छ ?
– वि.सं २०७१ माघ १९ –२३
४८. मिस युनिभर्स २०१४ को उपाधि जित्ने युवती को हुन् ?
– पाउलिन मेगा
४९. नेपालको हाल ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
– ३६
५०. साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?
– सन् २०१५ जनवरी २३
५१. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१
५२. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र
कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम
५३. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?
– वि.सं २०६६ मंसिर १६ गते
५४.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्र ी दुबै
५५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?
– अम्बर गुरुङ
५६.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
– सन् २०११
५७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते
५८.वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
– १४५ मिटर
५९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा
६०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.