Saturday, January 21, 2017

Lok Sewa Question Answer 205

1. नेपालका कतिवटा जिल्लाले चिनलाई छुन्छन् ??
उत्तर =15 (चीनलाई मात्र 13)
2. नेपालमा कतिप्रकारको माटो पाईन्छ ??
उत्तर = 5 प्रकार
3. कर्णाली नदीको लम्बाई कति रहेको छ ?
उत्तर = 507 किमी
4. लाङटाङ राष्टिय निकुञ्जले नछुने जिल्ला कुन हो ?(नासु २०६९)
उत्तर = काभ्रेपलाञ्चोक
5. धरातलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजित छ ? (नासु २०६९)
उत्तर = 3
6. निलगिरी हिमाल कुन हिम सृङ्खलामा पर्दछ ?
उत्तर = धौलागिरी
7. सुके ताल र नन्दन ताल पाल्पामा पर्दछन भने सत्यवति ताल कुन
जिल्लामा पर्दछ ?
उत्तर = पाल्पा
8. गोसाईकुण्ड रसुवामा पर्दछ भने दामोदर कुण्ड कुन जिल्लामा पर्दछ ?
उत्तर = मुस्ताङ
9. रुरु क्षेत्र गुल्मीमा पर्दछ भने बराह क्षेत्र कुन जिल्लामा पर्दछ ?
उत्तर = सुनसरी
10. नेपालका कतिवटा अञ्चलमा 6/6 वटा जिल्ला रहेका छन् ?
उत्तर = 5 वटा
11. यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
उत्तर = हुम्ला
12. मलेखु-धादिङ राजमार्गलाई के नामाकरण गरिएको छ ?
उत्तर = कालुपाण्डे राजमार्ग
13. विष्णुतिर्थ कहाँ पर्दछ ?
उत्तर = काठमाडौ
14. झापा देखि कञ्चनपुर सम्मको हुलाकी राजमार्ग कतिवटा जिल्ला छोएको छ ?
उत्तर = 20 जिल्ला
15. काठमाडौँ जिल्लाको क्षेत्रफल पर्वतको भन्दा कतिले कम छ ?
उत्तर = 99 बर्ग कि मि
16. तलको कुन तालको आकार गुलेली आकारको छ ?
उत्तर = से फोक्सुण्डो
17. काठमाडौको उत्तर तर्फ कुन भन्ज्याङ पर्दछ ?
उत्तर = पाटी
18. नेपालको कुल क्षेत्रफलकौ कति प्रतिशत भाग तराई प्रदेशमा
पर्दछ ?(नासु २०७०)
उत्तर = 17%
19. नेपालमा उखु खेती तराई पहाडी तथा ...... मा गरिन्छ ?(नासु २०७०)
उत्तर = टारहर
20. मेचि नदिलाई भारतमा
पुगेपछि के भनिन्छ ?
(नासु २०७०)
उत्तर = महानन्दा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.