Friday, January 13, 2017

Lok Sewa Question Answer 116

... नेपालको पहिलो महिला सम्पादक
साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।
... नायबी शासन चलाउने पहिलो महिला
रानी राजेन्द्र लक्ष्मी हुन् ।
... रेडियो नेपालकी पहिलो गायिका
कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने
महिला मेलवा देवी हुन् ।
... नेपालकी पहिलो महिला मन्त्री
द्वारिका देवी ठकुरानी हुन् भने पहिलो
महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
... सर्वप्रथम मदन पुरस्कार पाउने महिला
लेखिका पारिजात हुन् ।
... विद्यावारिधि गर्ने पहिलो नेपाली
महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा
विद्यावारिधि गर्ने पहिलो महिला
बानिरा गिरी हुन् ।
... प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली
महिला सुन्दरी श्रेष्ठ हुन् ।
... नेपाल राष्ट्र बैंक का प्रथम गभर्नर हिमाल
सम्शेर जबरा हुन् ।
... नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम
सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
... नेपालको सबैभन्दा ठूलो ढोका
नारायणहिटी दरवार को ढोका हो ।
... विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा
मरूभूमि हो ।
... विश्वको सबैभन्दा उचाईमा मुहान भएको
नदी अरूण नदी हो ।
... धरहरा को निर्माण प्रधानमन्त्री भीम
थापा ले वि.सं. १८८२मा गराएका हुन् ।
... तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण
लिइरहेका दलाई लामा को आश्रम भारतको
धर्मशालामा रहेको छ ।
... नेपालमा पर्वतारोहणका लागि सबैभन्दा
पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल
हो ।
... काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी
हो ।
... कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको
मानिन्छ ।
... गणेशमान सिंह को बाल्यकालको नाम
हिराकाजी थियो ।
... नेपालको भूकम्प नजाने शहर भनेर पनौती
लाई चिनिन्छ ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.