Wednesday, January 11, 2017

Lok Sewa Question Answer 86

१. सुर्योदयको दर्शनिय स्थल अन्तुडाँडा (इलाम) समुद्रि सतह देखी कति उचाइमा रहेको छ ?
- १६७७ मिटर
२. राष्टपति डा. रामवरण यादव कहिले निर्वाचित भएका हुन ?
- वि.स. २०६५ श्रावण ८ गते
३. साधारणतया कानेखुसी गर्दा कति डेसिवल ध्वनि उत्पन्न हुन्छ ?
- २० डेसिवल
४. राष्ट्रिय जनगणना २०६८ बमोजिम नेपालमा कति मातृभाषा छन ?
- १२३
५. नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको हो ?
- वि.स. २०१६ अषाढ १७ गते
६. नेपाली कला विकासको उत्कर्षकाल कुन समायावधीलाइ मानिन्छ ?
- १३ औ सताव्दी
७. पृ्थ्विनारायण शाहको पालन पोषण को बाट भएको थियो र
- चन्द्रप्रभावती (जेठि महारानी)
८. बेलायतको गौरवमय क्रान्ती (रक्तहिन क्रान्ती) कस - कसविचको संघर्ष थियो ?
- राजा र संसद
९. अफगानस्थान सार्कमा कहिले प्रवेश गर्यो ?
- सन २००७ अप्रिल ४
१०. गुणकामदेवले काठमाण्डौ सहर निर्माण गर्दा कति घरहरु बनाएका थिए ?
- १८ हजार
११. लैंगिक असमानता सवैभन्दा वढि भएको दक्षिण एसियाली मुलुक कुन हो ?
- नेपाल
१२. सर्वप्रथम वृहस्पती ग्रहको पत्ता लगाउने वैज्ञानिक को हुन ?
- ग्यालिलियो ग्यालिलि
१३. निजामती सेवा ऐन २०४९ कहिले देखी लागु भयो ?
- वि.सं. २०५० जेष्ठ ४ गते
१४. श्रीलंकाको राष्ट्रिय फुल के हो ?
- व्लु वाटर लिलि
१५. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा महिलाको नाममा घर जग्गा वा जग्गामात्र भएका घरपरिवार कति प्रतिसत छ?
- १९. ७ प्रतिसत
१६. कुन संवैधानिक निकायले राष्ट्रपतीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउदैन ?
- निर्वाचन आयोग
१७. 'The Social Contract' नामक कृती कस्ले लेखेका हुन ?
- रुसो
१८. मन्दिरहरुको सहर भनेर काठमाण्डौलाइ चिनिन्छ भने महल (दरवार) हरुको सहर भनेर कुन सहरलाइ चिनिन्छ ?
- कोलकाता
१९. नेपालको अधिराज्यको संविधान २०१५ को संविधानको संविधान मस्यौदा समितीको अध्यक्ष को थिए ?
- भगवती प्रसाद सिंह
२०. नेपालका प्रमुख ५ कृषि उत्पादनहरु क्रमश कुन कुन हुन ?
- धान,उखु. आलु, मकै, गहुँ
२१. नेपालको अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपति हुनको लागी अन्य योग्यताको अतिरिक्त उमेर कति पुगेको हुनुपर्दछ ?
- ३५ वर्ष

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.