Sunday, January 1, 2017

Lok Sewa Question Answers लोकसेवाको परिक्षामा आएका प्रश्नहरु four

१ धरतलिय दृष्टिकोणले नेपाल कति प्रदेशमा
बिभाजित छ ?
-३(हिमाल,पाहाड,तराइ)=( नासु २०६९)
२ नेपालको कुल क्षेत्रफलको कती भुभाग तराई
प्रदेशले ओगटेको छ ?
-१७% (नासु २०७०)
३ निलगिरी हिमाल कुन हिम्श्रींखलामा पर्दछ ?
-धौलागिरी (नसु २०६९)
४ गोसाइकुण्ड कुन जिल्लामा अबस्थित छ ?
- रसुवा(नासु २०६९)
५ नेपालको कुन हिमाललाई आधार मानी
प्रमाणिक समय निर्धारण गरिएको छ ?
-गौरिसंकर (खरिदार २०७०)
६ नेपालमा पाइने ठुला र साना नदिहरुको संख्या
कति भएको अनुमान गरिन्छ ?
- ६००० (खरिदार २०७०)
७ नेपाल पुर्ब-पश्चिमको औसत लम्बाइ कति छ ?
- ८८५ किमि (खरिदार २०७०)
८ नेपालको कफि उत्पादनको लागी प्रसिद्द
जिल्ला कुन हो ?
- गुल्मी (खरिदार २०७०)
९ रेडियो नेपालको स्थापना कहिले भयो ?
- बि•स•२००७/१२/२० (खरिदार २०७०)
१० निलगाड कुन नदिमा मिसिन्छ ?
- महाकाली नदिमा ( खरिदार २०६८)
११ मुक्तिनाथ कति उचाइमा रहेको छ ?
- ३७५० मिटर (खरिदार २०६८)
१२ नेपालको सबैभन्दा ठुलो नदि कुन हो ?
- सप्तकोशी (खरिदार २०६८)
१३ नेपाल चिन भन्दा कति गुणा सानो छ ?
- ६५ गुणा (खरिदार २०६९)
१४ सबैभन्दा उचाईमा रहेको नेपालको जिल्ला
सदरमुकाम कुन हो ?
- सिमिकोट (खरिदार २०६९)
१५ नेपालको उत्तर-दक्षिणको सरदर चौडाइ कति
छ ?
- १९३ किमि ( नासु २०७१)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.