Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 64

२१. सन् २०१३ नोभेम्बरमा फिलिपिन्समा आएको यस बर्षकै सबैभन्दा शक्तिशाली सामुद्रिक आँधीको नाम के हो जुन आँधीले फिलिपिन्सको एउटै सहरका १० हजारभन्दा बढीको ज्यान लिएको थियो ?
– हेयान
२२. पाकिस्तानको राष्ट्रिय जनावर माखोर कुन प्रजातिको जनावर हो ?
– बाख्रा
२३. राष्ट्रमण्डलमा हाल कति मुलुक सदस्य छन् ?
– ५३ मुलुक
२४. इस्लाम धमग्रन्थ कुरान विस्मिल्लाह भन्ने शब्दबाट सुरु हुन्छ । अब भन्नुहोस् विस्मिल्लाहको अर्थ के हो ?
– अल्लाहको नाममा
२५. रामायण अनुसार कसले इच्छा मृत्यु छान्ने बरदान पाएका थिए ?
– हनुमान
२६. किरिया बस्दा आफ्नो भाषा मात्र बोल्ने र अरु भाषा बोल्ने मानिसँग नबोल्ने नेपालको कुन जनजाति हो ?
– वनकरिया
२७. आदिकवि भानुभक्त आचार्यको रामायणलाई भोजपुरी भाषामा अनुवाद गर्ने व्यक्तिको हुन् ?
– मुकुन्द आचार्य
२८. मोह उपन्यासका लेखक कुन गैर नेपाली स्रष्टा हुन् ?
– विकलचन्द्र आचार्य
२९. सन् २०१३ नोभेम्बर ३० तारिख युएईमा सम्पन्न भएको १६ टिम सहभागी आईसिसि बल्र्डकप ट्वान्टी २० प्रतियोगितामा नेपालले कुन स्थान प्राप्त गर्यो ?
– तेस्रो
३०. सन् २०१३ नोभेम्बर ३० तारिख यूएईमा सम्पन्न आईसिसी ट्वान्टी २० बल्र्डकपमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कुन मुलुकलाई पराजित गरेको थियो ?
– यूएई
३१. अन्तराष्ट्रिय विश्व एकदिवशीय क्रिकेट प्रतियोगितामा दोहोरो शतक बनाउने क्रिकेटर विश्वमा कति जना छन् ?
– ३ जना
३२. श्रीलंकाका कुन बर्षमा तमिल टाईगरविरुद्दको शैन्य कारबाही समाप्त भएको थियो ?
– सन् २००९ मा
३३. सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगितामा छानिने पहिलो अफ्रिकी मुलुक कुन हो ?
– नाईजेरिया
३४. हाल नेपाल टवान्टी २० टेस्ट खेल्ने राष्ट्रको वरियतामा १३ औ स्थानमा रहेको छ भने टेस्ट नखेल्ने राष्ट्रको वरियतामा कुन स्थानमा रहेको छ ?
– तेस्रो
३५. अन्तराष्ट्रिय खाद्द नीति अनुसन्धान संस्था ( इफ्री ) ले सन् २०१३ मा तयार पारेको विश्व भोकमरी सूचीमा बंगलादेश ५८ औ , भारत ६३ औ स्थानमा रहेको छ भने नेपाल कति औं स्थानमा रहेको छ ?
– ४९ औ
३६. नेपालका बाघ संरक्षणका लागि ३० लाख डलर सहयोग गर्ने हलिउडका प्रसिद्द अभिनेता को हुन् ?
– लियोनार्दो डिक्याप्रियो
३७. संविधानसभा २ को निर्वाचनमा सबैभन्दा कम मतको अन्तरले विजयी हुने सभासद नेकपा एमाओवादीका शिवकुमार मण्डल हुन् भने उनले आफ्ना निकटतम प्रतिद्दन्दी नेपाली काग्रेंसका गयानद्या मण्डल गनगाईलाई कति मतले हराएका थिए ?
– ८ मतले
३८. संविधान सभा २ को निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी हुने नेता को हुन् ?
– शेरबहादुर देउवा ( २३,९२० , डडेलधुरा )
३९. निर्वाचन वेबसाईअनुसार २०७० साल मंसिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा जमानत जफत हुनेमा कांग्रेसका ८, एमालेका २३ जना छन् भने एमाओवादी पार्टीका कति जना नेता छन् ?
– ४० ( ४ कन्द्रिय नेता )
४०. नेपालमा एकमात्र व्यावसायिक सारंगी बादक जङ्गबहादुर गन्र्धवको निधन कहिले भयो ?
– वि.सं २०७० मंसिर ११

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.