Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 63

१. एउटा गा.वि.समा कतिवटा वडा हुन्छन् ?
– ९ वटा
२. नगरपापालिकामा कम्तीमा ९ वटा वडा हुन्छन् भने बढीमा कतिवटा वडा हुन्छन् ?
– ३५ वटा
३. नेपालमा सर्वाधिक दोस्रो बढी वडा भएका नगरपालिका ललितपुर उपमहानगरपालिका र विराटनगर उपमहानगरपालिका हुन भने ती दुई उपमहानगरपालिकामा कति कति वडा छन् ?
– २२ वटा
४. शिवदेव प्रथमका ज्येष्ठ सुपुत्र अंशुवर्माको मृत्युपश्चात राजगदीमा आसिन भई महाराजधिराज पदवी धारण कसले गरेका थिए ?
– उदयदेव
५. आफूद्दारा प्रचलनमा ल्याएको मुद्रामा सिंह को चित्र अंकित गर्ने दुई मल्ल राजामध्ये एक ललितपुरका राजा सिद्दिनरसिंह मल्ल हुन भने अर्का मल्ल राजा को हुन् ?
– लक्ष्मीनरसिंह मल्ल
६. वि.सं २००७ सालको प्रजातन्त्रको स्थापना भएपछि गठन भएको मन्त्रिमण्डलमा अर्थमन्त्री को थिए ?
– सुवर्ण शमशेर
७. सबैभन्दा बढी देश भएको महादेश कुन हो ?
– अफ्रिका
८. भारतमा ब्लु रिभोलुसनको के उत्पादनसँग सम्बन्धित छ ?
– माछापालन
९. माथिल्लो मस्र्याङदी ए जलविद्दुत आयोजना गण्डकी अञ्चलको कुन जिल्लामा निर्माण भईरहेको छ ?
– लमजुङ
१०. नेपालमा हालसम्म निजी क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलविद्दुत आयोजना खिम्ती आयोजना हो भने यो आयोजनाबाट कति मेगावाट विजुली उत्पादन हुन्छ ?
– ६० मेगावाट
११. महमा कतिप्रतिशत पानी हुन्छ ?
– ७० प्रतिशत
१२. विभिन्न कलकारखानाबाट निस्लिएको धुवाँ विषालु ग्याँस, इन्धनको प्रयोगबाट निस्केको धूवाँ आदि १. मिसिएर पृथ्वीमा हुने बर्षालाई के भनिन्छ ?
– अम्ल बर्षा
१३. अफ्रिकामा १४ मुलुकमा सिमेन्ट कारखाना सञ्चालन गरेर अर्बौको कारोबार गर्दै आएको अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त डाङ्गोटे कम्पनी कुन मुलुकको कम्पनी हो ?
– नाइजेरिया
१४. बन्जी जम्पको व्यावसायिक सुरुवात सन् १९८६ मा कुन देशबाट भएको हो ?
– न्युजिल्यान्ड
१५. बन्जी जम्प गर्न कति देखि कति बर्षसम्म उमेर हुनेलाई आमाबाबुको स्वीकृति आवश्यक पर्छ ?
– १२ देखि १७ बर्ष
१६. पर्पल हेज गाँजा विश्वको कुन एकमात्र मुलुकमा पाइन्छ ?
– नेपाल
१७. पर्पल हेज गाँजा नेपालको हिमाली भेगको कुन जिल्लामा मात्र पाईन्छ ?
– सोलुखुम्बु
१८. हरेक दिन कति टन कार्बनडाई अक्साईड समुद्रमा घुलिने गर्दछ ?
– २ करोड ४० लाख टन
१९. एसिया बाहिर अधिक्तम हिन्दु बसोबास भएको मुलुक कुन हो ?
– मौरिसस
२०. कोहिनुर हिरा कति क्यारेटको हुन्छ ?
– १०८ क्यारेट

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.