Thursday, January 19, 2017

Lok Sewa Question Answer 164

1 कुनै पनि वातवरणमा रहेने विभिन्न समुदाय तथा वातावरणवीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?
– पारिस्थिक पद्धति
2 पारिस्थितिक पद्धतिका ३ प्रमुख जैविक तत्वहरु:-
– उत्पादक
– उपभोक्ता
– विच्छेदक
3 कुनै पनि पारिस्थितिक पद्धतिमा भएका सम्पुर्ण हरिया वनस्पतिहरु, जसले आफुलाई चाहिने खाना आफैं बनाउछन, त्यस्ता वनस्पतिलाई के भनिन्छ ?
-उत्पादक
4 उत्पादक तथा अन्य जीवहरुलाई आफ्नो खाद्य पदार्थको रुपमा प्रयोग गर्ने सम्पुर्ण साकाहारी तथा मांसाहारी जनवारलाई के भनिन्छ ?
– उपभोक्ता
5 उत्पादक र उपभोक्ताको मृत शरिरलाई कुहाएर माटोमा मिलाउने कार्य गर्ने सुक्ष्म जीवाणुलाई के भनिन्छ ?
– विच्छेदक
6 जलिय र स्थलिय पारिस्थितिक पद्धति गरि २ भागमा वर्गिकरण गरिन्छ ।
7उपभोक्ता कति प्रकारका हुन्छन ?
-३
8 सुक्ष्म जिवाणुहरुले के प्रक्रीयाद्धरा विच्छेदनको कार्य गर्दछन ?
– नाईट्रीफिकेसन र डिनाईट्रीफिकेसन
9 नाइट्रोजनका यौगिकहरुलाई माटोमा पाइने जिवाणुहरुले विखण्डन गरि बोटविरुवाले लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने प्रक्रीयालाई के भनिन्छ ?
-नाईट्रीफिकेसन
10 जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई वायुमण्डलिय नाइट्रोजन, नाइट्रस अक्साइड, एमोनिया अक्सिजन आदिका रुपमस विच्छेदन गर्ने प्रक्रीयालाई के भनिन्छ ?
– डिनाइट्रीफिकेसन
11 ब्रहामण्डमा रहेका सम्पुर्ण मानिस , जिव , निर्जिव बस्तुहरु, पशुपंक्षि, रुख विरुवा, माटो , पानी , पहाड, भुमी आदिको समष्टिगत रुप के हो ?
– पर्यावरण

12 मानिसको वर्तमान आवश्यकता र चाहनाको परिपुर्तिका लागी भविष्यका पुस्ताको आवश्यकतासँग सम्झौता नगरी श्रोत साधनको सन्तुलित र बुद्धिमत्तापुर्ण उपयोग गर्नु नै…… हो ?
– दिगो विकास
३२ दिगो विकासका सिद्धान्तहरु:-
® पारिस्थितिक पद्धतिको संरक्षण
® समाजको दिगो विकास
® मानविय श्रोतको विकास
® जैविक विविधताको संरक्षण
® जनसंख्या नियन्त्रण
® पृथ्विको बहन क्षमतामा ध्यान दिने
® सांस्कृतिक सम्पदाको संरक्षण
® जनसहभागितामा वृद्धी…………
13 वातावरण तथ विकास सम्वन्धि विश्व आयोग(ब्रुटल्याण्ड आयोग) कहिले गठन भयो ?
– सन १९८३
14 जैविक विविधता कायम गर्नको लागी नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-के हुन ?
– वन जंगलको संरक्षण
– कृषिको विविधता
– सिमसार क्षेत्रको संरक्षण
15 जैविक विविधताका प्रकारहरु
– पारिस्थितिक प्रणाली विविधता
– प्रजाती विविधता
– आनुवंशिक विविधता
16 जैविक विविधताको हिसावले विश्वको सबैभन्दा सम्पन्न मुलुक कुन हो ?
– इन्डोनेसिया( दोश्रोमा ब्राजिल)
17 जैविक विविधताको दृष्टिले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?
– २५ औं ( एसियाको ११ औं)
18 विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत नेपालमा पाईन्छ ?
– ३%
19 प्रकृतिको कुचिकार भन्नाले कुन जिवलाई चिनिन्छ ?
– गिद्धलाई
20 नेपाल कृषि अनुसन्धान परिषद (नार्क),को राष्ट्रीय कृषी आनुवंशिक केन्द्र(जिन बैंक) को कहिले स्थापना भएको हो ?
– वि•सं• २०६७ असोज २१ ( खुमलटार)

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.