Friday, January 20, 2017

Lok Sewa Question Answer 176

१. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिले देखि गरियो ? (वि सं 2022 पुष 1 गते)
२. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?(चैत्र 20)
३ नेपालको निशाना छापमा कतिवटा लालिगुराँस छन् ?14 वटा
४ रेडियोको आबिस्कार कसले गरेको हो ? मार्कोनी
५ भिटामिन ‘ए’ को रासायनिक नाम के हो? रेटिनोल
६ विश्वकै सबैभन्दा ठूलो जलासय युक्त चीनको थ्री गर्जेज जलविद्युत आयोजना कति मेघावाटको आयोजना हो ?22500 मेघावाट
७ विश्वका कतिवटा देशमा संवैधानिक अदालतको व्यवस्था गरिएको छ ?57 देश
८ ह्वाङ्-हो नदि कुन महादेशमा पर्दछ ? एसिया
९ नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ? भक्तपुर
१० कुन स्तनधारी प्राणीको मुटुको धड्कन सबैभन्दा कम हुन्छ ? निलो ह्वेल
११ ग्रिन गोल्ड के संग सम्बन्धित छ ? चिया
१२ नेपालको कुन हिमाललाई आरोहिहरु ‘टेक्निकल माउण्टेन’ भनेर चिन्ने गर्दछन् ? आमादब्लम
१३ ‘काठमाडौँ अन्तराष्ट्रिय पर्वतिय फिल्म महोत्सव (किम्फ) को पहिलो संस्करण कहिले भएको थियो? सन 2003
१४ सन 2014 को राष्ट्र संघिय मानव विकास सूचकांकमा नेपालले कति अंक प्राप्त गरेको छ ? 0.540 अंक
१५ नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ? भाद्र 1
१६ BIMSTEC मा कति सदस्य रहेका छन् ? 7
१७ अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मन्डेला को निधन कहिले भयो ? सन 2013-12-05
१८ Transparency International ले हालै सार्वजनिक गरेको भ्रष्टाचार सुचाकांकमा नेपाल कति औँ स्थानमा पर्छ ?126 औँ
१९गढीमाइ मेला कति बर्षको अन्तरालमा लाग्ने गर्दछ ? 5 बर्ष
२० हाल नेपाल सरकारद्दारा वैदेशिक रोजगारीका लागि खुला गरिएका मुलुकहरु कति छन् ? 109
२१ नेपालमा हाल कतिओटा सार्वजनिक संस्थान रहेका छन् ? 37
२२ अठारौँ सार्क सम्मेलनमा नेपालको तर्फबाट ‘प्रथम महिला’ का रुपमा को सहभागी भएकी थिईन ? सुजाता कोइराला
२३ हालसम्म कतिजना महिला श्रष्ठाले मदन पुरस्कार प्राप्त गरेका छन् ? 3 जना
२४ अठारौँ सार्क शिखर सम्मेलनमा अनुपस्थित रहेको पर्यवेक्षक देश कुन हो ? मौरिसस
२५ उन्नाईसौँ सार्क सम्मेलन कुन देशले आयोजना गर्ने भएको छ ? पाकिस्तान
२६ हाडमा कति प्रतिशत पानी हुन्छ ? 22%
२७ कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ? वि.स. २०१९
‘२८ संसारको चिडियाखाना’ भनेर कुन जलवायुलाई चिनिन्छ ? उष्ण मौसमी जलवायु
२९ तामाङ जातिको मुख्य वाद्ययन्त्र कुन हो ? डम्फु
३० सन 2007 को क्यालेन्डर तलकामध्ये कुन वर्षको क्यालेन्डर सँग पुरै मिल्छ ? सन 2018
Set- 29

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.