Friday, January 20, 2017

Lok Sewa Question Answer 175

• ब्रिटिस लेफ्टिनेन्ट फ्रेडरिक यङ्गको तदारुकतामा गोर्खा सैनिकलाई भर्ना गर्न काम कहिलेदेखि थालिएको थियो ?
– सन् १९१५ देखि
• गोरखाली फौजीले कीर्तिपुरमाथि कहिले विजय प्राप्त गरे ?
– वि सं १८२२ चैत्र ३
• नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भएको हो ?
– वि.सं २०६३माघ १
• कैदी अवस्थामै स्वर्गारोहण हुने कुन नेपाली राजा हुन् ?
– राजेन्द्र विक्रम शाह
• भारतको कुन राष्ट्रपतिको एउटा आँखा फुटेको थियो ?
– डा. जाकिर हुसेन
• पाकिस्तानबाट बंगलादेश कहिले अलग भएको हो ?
– सन् १९७१ डिसेम्बर १६
• विश्वका ती कुन व्यक्ति हुन् जसलाई मृत्यु पश्चात सुलीमा झुन्ड्याईएको थियो ?
– ओलिभर क्रमवेल ( बेलायती )
• एसियाली एक मात्र रोमन क्याथोलिक मुलुक फिलिपिन्सको नामाकरण सम्राट चाल्स प्रथमका पुत्र फिलिपिन्सको नामबाट गरिएको हो भन्नुहोस उनी कुन देशका राजकुमार थिए ?
– स्पेन
• आकाशबाट बमबारी गर्ने विश्वको पहिलो मुलुक कुन हो?
– अस्ट्रिया
• दरौदी नदीको उदगमस्थल बुद्द हिमाल हो भने मस्र्याङ्दी नदीको उद्गमस्थल कुन हिमाल हो ?
– दामोदर हिमाल
• रामेछापको सदरमुकाम मन्थली तामाकोसी नदीको किनारमा रहेको छ भने धनुषा कुन नदीको किनारमा छ ?
– हर्दिनाथ
• नेपालको सबैभन्दा ठूलो ताल समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ ?
– ३२०० मिटर
• पोकली झरना ओखलढुंगा जिल्लामा पर्दछ भने भन्नुहोस् इलामडाँडा झरना कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
• स्यार्पु दह रुकुममा बोतकोट दह कञ्चनपुरमा पर्दछ भने भन्नुहोस , स्याङ्ताङ दह कुन जिल्लामा पर्दछ ?
– अर्घाखाँची
• नासपातीको टापु भनेर कुन एसियाली मुलुकलाई जनाउँछ ?
– श्रीलंका
• विश्वको एक देशको क्षेत्रफल २१,४९,९९० वर्ग कि मि छ तर अचम्मको कुरो त्यो देशमा एउटा पनि नदी छैन, भन्नुहोस उक्त देश कुन हो ?
– साउदी अरब
• मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङ ले कुन कुन दुई देशलाई जोड्दछ ?
– चीन र भियतनाम
• एउटा मान्छेले कम्बोडियाको पश्चिमी बोडर पार गर्यो भने कुन मुलुकमा पुग्दछ ?
– थाइल्यान्ड
• विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कुन देशमा पर्दछ ?
– भेनेजुएला
• सगरमाथाा आरोहण गर्ने एकजना आरोही बराबर कति के.जी फोहोर आधार शिविरसम्म अनिवार्य रुपमा ल्याउनुपर्ने नियम छ ?
– ८ के.जी
• सगरमाथा आरोहण गर्न आरोहीहरुले रोयल्टी तिरेपछि कति बर्षभित्र आरोहण गरिसक्नुपर्छ ?
– २ बर्षभित्र
• विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कति तारिखमा मनाइन्छ ?
– अप्रिल २३ (सन् १९९५ देखि युनेस्कोले यो दिवस मनाउने निर्णय गरेको हो )
• नेपाल मुक्तक प्रतिस्ठानद्दारा प्रकाशित नविनतम् मुक्तक संग्रह उदास मन कृतिका लेखक को हुन् ?
– उदास कार्की
• कर्म घरमा एक चक्कर नामक निबन्ध संग्रहका लेखिका को हुन् ?
– मञ्जु गुरुङ
• लेप्चा जातिको पुरुषले लगाउने पहिरनलाई दमवोन भनिन्छ भने महिलाले लगाउने पहिरनलाई के भनिन्छ ?
– दमदेन
• नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र का निर्देशक डि बी परियार हुन भने उनको पुरा नाम के हो ?
– दिव्यविक्रम परियार
• नेपालमै निर्मित पहिलो नेपाली चलचित्र आमा हो भने यस चलचित्रलाई कसले निर्देशन गरेको थिए ?
– हिरासिंह खत्री
• ६१ औं भारतीय राष्ट्रिय फिल्म अवार्डमा नेपाली मूलकी एक युवतीले प्राप्त गरिन् । भन्नुहोस् ती नेपाली मूलकी युवती को हुन् ?
– गीताञ्जली थापा
• नेपालमा प्रचलित पहिलो मुद्रा मानदेवले प्रचलनमा ल्याएको मुद्रा कुन धातुबाट बनाईएको थियो ?
– तामा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.