Sunday, January 22, 2017

Lok Sewa Question Answer 221

१) काठमाण्डौं उपत्यकाको क्षेत्रफल
कति छ ?
–६४२ बर्ग किमी
२) काठमाण्डौं उपत्यका समुन्द्री सतहदेखि कति
उचाइमा अवस्थित छ ?
–११३० मिटर
३) नेपालको श्रीलंका भन्नाले केलाई
जनाउँछ ?
–कोशीटप्पु ४) भारतजस्तो स्वरुप भएको जिल्ला कुन हो ?
–संखुवासभा
५) क्षेत्रफलको हिसाबले नेपाल
विश्वको कतिऔं स्थानमा पर्दछ ?
–९१ औं
६) विश्वको सर्वाधिक होचो/ गहिरो उपत्यका कुन हो ?
–अरुण उपत्यका (४५७ मिटर उचाईमा)
७) नेपालको कति किलोमिटर भाग चीन र
भारतसँग जोडिएको छ ?
–भारतसँग ११८५ किमी र चीनसँग ८५० किमी
८) महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ?
–शारदा
९) गण्डकी अञ्चलबाट
धवलागिरीमा सारिएको जिल्ला कुन हो ?
–पर्वत
१०) वाग्मती नदीको लम्बाई कति छ ? –१६३ किमी
११) कर्णाली नदीलाई भारतमा पुगेपछि के
नामले चिनिन्छ ?
–घाघरा
१२) नेपालको सबैभन्दा लामो झरना कुन हो ?
–ह्यातुङ झरना (ते¥हथुम जिल्ला, ३६५ मिटर , १२०० फिट)
१३) विश्वको सर्वोच्च
स्थानमा रहेको झरना कुन हो ?
–शुलिगाड झरना (३६१३ मि.
डोल्पा जिल्ला)
१४) नेपालको कुल भुभागको करिब कति प्रतिशत भुभाग नदीले ढाकिएको छ ?
–०.७ %
१५) उत्तर गंगा भन्नाले नेपालको कुन नदीलाई
बुझाउँछ ?
–सानो भेरी
१६) उत्तरवाहिनी नदी भनेर चिनिने नदी कुन हो ?
–कर्मनासा नदी
१७) भारत पुगेपछि कोशी नदीलाई के
भनिन्छ ?
–दामोदर
१८) भारतपुगेपछि मेची नदीलाई के भनिन्छ ? –महानन्दा नदी
१९) नेपालमा हालसम्म कति जलबिद्युत
उत्पादन भएको छ ?
–६३९.७ मेगावाट
२०) गंगा स्वरुप भनेर चिनिने नेपालको कुन
नदी हो ? –कालीगण्डकी
२१) अपि हिमालबाट
उत्पत्ती भएको नेपालको कुन नदी हो ?
–महाकाली
२२) निर्जीव ताल भनेर कुन ताललाई भनिन्छ ?
–रिग्म ताल २३) गण्डकी नदीको कुल लम्बाइ कति छ ?
–३३८ किमी
२४) नेपालमा हालसम्म कति हेक्टर
जमिनमा सिंचाई सुबिधा पुगेको छ ?
–१२ लाख ५२ हजार ४७६ हेक्टर
२५) मुगु जिल्लामा पर्ने प्रसिद्ध तालको नाम के हो ?
–रारा ताल (११ बर्ग किमी,
समुन्द्री सतहबाट ३२०० मिटर उचाइमा)s

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.