Tuesday, December 13, 2016

१०० महत्त्वपूर्ण प्रश्नोतर सबै तहका लागी:-


सक्दो शेएर गरि ज्ञान बाडौ ।।।
१.समयको जानकारी गराउने महत्वपूर्ण साधन घडीको आविष्कार कसले गरेका हुन् ? ए.एल.ब्रिगेट (सन् १७९१)
२.डिजेल इन्जिनका आविष्कारक को हुन् ? रुडोल्फ डिजेल (सन् १८९५)
३.सबैभन्दा क्रियशील धातु कुन हो ? फ्रान्सीयम
४.पहिलो एशियन गेम कुन देशमा भएको थियो ? भारतमा सन १९५१ मा
५.सबैभन्दा गह्रौ धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ? लिथियम
६.समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ ? फ्याथोमिटर
७.भिटामिन “ए”को रासायनिक नाम के हो ? रेटिनोल
८.नेपालमा पोषण कार्यक्रम कहिलेदेखि सञ्चालन गरियो ? वि.सं.२०३७
९.कुन सभ्यतालाई वैदिक सभ्यता भनेर पनि चिनिन्छ ? आर्य सभ्यता
१०.एक दिनमात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ? छैटौं
११.द राइजिङ नेपालका प्रथम सम्पादक को थिए ? वरुणशमशेर
१२.विश्व खोप दिवस कहिले मनाइन्छ ? नोभेम्बर १०
१३.नेपालमा लागू औषधी नियन्त्रण ऐन कहिले आयो ? वि.सं.२०३३
१४.सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कहिलेदेखि सञ्चालनमा आएको हो ? वि.सं.२०५३ असार २६
१५.घाउ निको हुनमा सहयोग गर्ने भिटामिन कुन हो ? भिटामिन सी
१६.नेपाल सरकारले २० वर्षे स्वास्थ्य नीति कहिले ल्याएको हो ? वि.सं.२०५४
१७.सानो आन्द्राको लम्बाई कति हुन्छ ? करिब ५ मिटर
१८.विश्व स्वास्थ्य सङ्घको स्थापना कहिले भएको हो ? सन् १९४८ अप्रिल ७
१९.अफगानिस्तानको सबैभन्दा अग्लो पर्वत मोसाक आरोहण गर्न नेपाली पर्वतारोहीहरु कहिले गएका थिए ? वि.सं.२०३२
२०.नेपाल र भुटानबीच दौत्य सम्बन्ध कहिले स्थापित भएको थियो ? सन् १९८३ जुन ३
२१. नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ? सन् १९८० अगस्ट १
२२. नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो ? सन् १९६० मार्च २०
२३.नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ? बेलायत ¬(१७ मे १९३४)
२४.नेपालले सर्वप्रथम कुन देशमा राजदूतावास खोलेको थियो ? बेलायत
२५.नेपालमा रुसी सांस्कृति केन्द्र कहाँ रहेको छ ? कमलपोखरी ,काठमाण्डौं
२६.हालसम्म नेपालको सबैभन्दा ठूलो निर्यात बजार कुन हो ?जर्मन बजार
२७.हेलेन केलरको जन्म कहिले र कहाँ भएको थियो ? सन् १८८० जून २७ ,अमेरिकाको ट्युकम्बिया
२८.स्टेफेन हकिङको चर्चित पुस्तक कुन हो ? समयको संक्षिप्त इतिहास ,सन् १९८८
२९.लुम्बिनी कहिले पत्ता लागेको हो ? वि.सं. १८९०
३०.मोतिराम भट्टको पहिलो कृति कुन हो ? गजेन्द्र मोक्ष
३१.वाल्मीकिको रामायणमा कति श्लोक छन् ? २४ हजार
३२.एजेन्डा —२१ केसँग सम्बन्धीत छ ? वातावरण र विकास
३३.विश्वको सर्वोच्च स्थानबाट उत्पति भएको नदि कुन हो ? अरुण
३४.नेपालको कश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ? जुम्ला
३५.चेपाङ बस्ती भएका तीन मुख्य जिल्लाहरु कुन कुन हुन् ? चितवन, मकवानपुर र धादिङ
३६.सुर्खेत जिल्लाको पुरानो नाम के हो ? गोदामचौर
३७.चाँदनी टापु कहाँ पर्दछ ? कञ्चनपुर
३८.माछा पाइने विश्वकै अग्लो ठाउँमा रहेको ताल कुन हो ? रारा ताल
३९.भारतसँग मिल्दो जुल्दो आकृति भएको नेपालको जिल्ला कुन हो ? संखुवासभा
४०.चामलका लागी प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्दछ ? नुवाकोट
४१.गजुली दह कुन जिल्लामा पर्दछ ? सिन्धुली
४२.विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ? जापानको किमिगायो
४३.वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दुई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ? भारत
४४.विश्वको सबभन्दा पुरानो राजतन्त्र भएका देश कुन हो ? जापान
४५.गौतम बुद्धले कुन भाषामा प्रवचन दिन्थे ? पाली
४६.लण्डनको समाचार पत्रहरुका लागी प्रसिद्ध स्थान कुन हो ? ँभिभत क्तचभभत
४७.ब्राजिलको राजधानी ब्रासिलिया हुनुअघि कहाँ थियो ? रियो द जेनेरियो
४८.अष्टे«लियाको राजधानी क्यानबेरा हुनुअघि कहाँ थियो ? मेलबोर्न
४९.कम्बोडियाको राष्ट्रिय भाषा के हो ? खमेर
५०.संसारका कुन देशका मानिसले सबैभन्दा बढी पत्रपत्रिका पढ्छन् ? फिनल्याण्ड
५१.बाबुले लेखेर छोराले पुरा गरेको विश्व प्रसिद्ध कृति कुन हो ? कादम्बरी (बाणभट्ट)
५२.विश्वमा कहिलेदेखि मतदान गर्ने प्रचलन चल्यो ? सन् १८७० बाट
५३.कुन देशमा दुई राष्ट्रपतिले काम गर्छन् ? सानमारिनो
५४.रबरको सडक कुन देशमा छ ? फ्रान्समा
५५.भारतीय संविधान कति दिनमा तयार ग।िएको थियो ? २ वर्ष ११ महिना ८ दिन
५६.गिनिज बुक अफ द वल्र्ड रेकडर्सको पहिलो प्रकाशन कहिले भएको थियो ? २७ अगस्ट १९५५
५७.विश्वको सबैभन्दा पुरानो कारागार कहाँ छ ? एथेन्समा
५८.अफगानिस्तानको राजमहललाई के भनिन्छ ? खान ए खल्क
५९.“अन्तदेखि सुरु”उपन्यासका लेखक को हुन् ? केशवराज पिंडाली
६०.जगदम्बाश्री पुरस्कार लिन अस्विकार गर्ने व्यक्ति को हुन् ? नरबहादुर भण्डारी
६१.नेपाली साहित्यमा “सूर्यघाटमा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कसलाई भनिन्छ ? भीमनिधि तिवारी
६२.हरगौरी विवाह नामक नाटक लेख्ने मल्लकालिन राजा को हुन् ? जगज्योति मल्ल
६३.नेपालको सबैभन्दा ठूलो उपन्यास कुन हो ? माधवी उपन्यास
६४.“कविको पनि कवि ” भनेर कसलाई भनिन्छ ? एडमण्ड स्पेन्सर
६५.अंगे्रजीका १४ हरफे कवितालाई के भनिन्छ ? सनेट
६६.तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ? दोरा नाच
६७.ल्होमी जातिको मुखिया या नाइकेलाई के भनिन्छ ? पिम्बू
६८.व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ? चुङ्वाला
६९.ददिकाधो कसले मनाउने पर्व हो ? राजवंशी
७०.जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ? ज्यापू
७१.दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ? वाँतर
७२.गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ? अवकल सायाँ
७३.गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ? सापारु
७४.वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ? मैथली समाज
७५.ताजिया नेपालको कुन धर्मावलम्बीहरुको पर्व हो ?मुसलमान
७६.सोरठी नाँच कुन जातिको हो ?गुरुङ
७७.धवला कुन जनजातिले मनाउँछन् ? व्यासी
७८.चेपाङहरुको मुख्य चाडको नाम के हो ? चोनाम
७९.मंसिर महिनामा मात्र विहे गर्ने अनौठो चलन कुन जातिमा पाइन्छ ? रामेछापका थामी जातिमा
८०.तिब्बती र शेर्पाहरुले खाने जौको परिकारलाई के भनिन्छ ? तसम्बा
८१.डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ ? काइके
८२.मगरहरुको पुरोहित भनेर कुन मगरलाई भनिन्छ ? भुसाल मगर
८३.थारु जातिको इष्टदेवता के हो ? घोडा
८४.सतारहरुको मुख्य देवताको नाम के हो ? ठाकुर
८५.सतारहरुको बाह्र प्रकारका विवाहलाई के भनिन्छ ? वापला
८६.सिँउडीको रुखलाई पुजा गर्ने जातिको नाम के हो ? मेचे
८७.राउटेहरुको बोल्ने भाषाको नाम के हो ? खाम्ची
८८.सुपारी विहे नेपालको कुन जनजातिमा छ ? धिमाल
८९.लतार्ने विवाह कुन जातिमा छ ? छन्तेल
९०.राजवंशीको पुरोहितलाई के भनिन्छ ? गुरुवा
९१.सिरुवा पर्व कुन जातिमा मनाइन्छ ? राजवंशी
९२.तामाङहरुको कुल देवतालाई के भनिन्छ ? ल्हा
९३.तामाङ जातिको प्रसिद्ध बाजा कुन हो ? डम्फू
९४.धरानदेखी धनकुटासम्मको मदन भण्डारीमार्गको लम्बाई कति किलोमिटर रहेको छ ? ५२ किलोमिटर
९५.गाइनेहरुको मुख्य तीन गित के के हुन् ? कर्खा,मालश्री र झ्याउरे
९६.कुन जातिको विवाहमा दलाह दुलहीले सिन्दुर साटासाट गर्दछन् ? झाँगड
९७.माझीहरुको प्रमुख देवता कुन हो ? भीमसेन
९८.विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ? कुमाल जाति
९९.किसान जाति नेपालको कुन जिल्लामा बस्दछ ? झापा
१००.तरली मगरहरु मुख्यतय नेपालको कुन जिल्लामा बस्दछन् ? डोल्पा

@loksewaprasnittar

#S_P


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.