नेपालले हाल सबैभन्दा बढी ऊर्जा संकट व्यहोरिरहेको छ ।ऊर्जा संकट कम गर्न के के वैकल्पिक उपयाहरू अवलम्बन गर्नुपर्ला ??बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् । {शाखा अधिकृत २०७२} १०
☆☆ #उत्तर ☆☆
# ऊर्जा 》 कुनै पनि काम गर्न सक्ने शक्ति वा क्षमतालाई नै ऊर्जा भनिन्छ ।जस्तै :- चुम्बकीय शक्ति, विद्युत शक्ति ,ताप शक्ति इत्यादि ।नवीकरणीय र अनवीकरणीय गरी ऊर्जाको २ वटा स्रोतहरू हुन्छन् ।
# ऊर्जा_संकट 》 ऊर्जाको न्यून उपलब्धता तथा दुर्लभता ऊर्जा संकट हो अर्थात् ऊर्जाको माग र आपूर्ति बीचको तिब्र असन्तुलनका कारण उत्पन्न हुने चरम अभावको स्थिति नै ऊर्जा संकट हो ।नेपाले बोक्दै आएको राजनैतिक संकट , आर्थिक संकट , खाद्यान्न संकट जस्तै ऊर्जा संकट पनि एक हो हालै मात्र भारतले गरेको अघोषित नाकाबन्दीले झन यो संकट चरम अवस्थामा पुगेको छ र जसले गर्दा कयौं नेपालीले दु:ख कष्ट झेल्नुपरेको छ भने विकासको कार्यले गति लिन सकेको छैनन् ।
ऊर्जा संकट न्युनीकरण गर्ने वैकल्पिक उपयाहरू
♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡
♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡
● वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको जलविद्युत आयोजनाहरूलाई तोकिएको समय,लागत र गुणस्तरमा सम्पन्न गर्ने
● हाल सञ्चालनमा रहेको विद्युत गृहहरूको मर्मत र संरक्षण गरि पुर्ण क्षमतामा सञ्चालन गर्ने
● विद्युत उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्ने
● अधिक विद्युत चुहावटलाई नियन्त्रण गर्ने
● झोलामा खोला बोक्ने प्रवृत्तिको अन्त्य गर्ने
● लगानीमैत्री वातावरण सृजना गरि जलविद्युत उत्पादनमा निजी र वैदेशिक संस्थालाई लगानीको लागि आकर्षित गर्ने
● वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको क्षमता वृद्धि गरि सौर्य ऊर्जा ,वायु ऊर्जा तथा लघु ऊर्जा उत्पादनमा जोड दिने
● वैकल्पिक ऊर्जाको खोज र उपयोगमा कदम बढाउने
● सरकारको चालुगत खर्च न्युनीकरण तथा पुजीगत खर्च वृद्धि गरि जलविद्युत उत्पादनमा लगानी वृद्धि गर्ने
● विद्युत उत्पादन क्षेत्रमा देखा परेका नीतिगत ,संस्थागत र प्रक्रियागत बाधा तत्काल हटाउने
● ऊर्जाको महत्त्व तथा ऊर्जा बचत सम्बन्धि जनचेतना जगाउने इत्यादि ।
नेपालले हाल बोक्दै आएको ऊर्जा संकट समाधान गर्ने माथि उल्लेखित विद्यमान उपयाहरू हुँदाहुँदै पनि ऊर्जा संकट समाधान हुन सकेको छैन ।प्रधानमन्त्रीले एक वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने र दुई वर्ष भित्रमा चाहेको जति विद्युत उत्पादन गर्ने भन्ने भाषणलाई भाषणमा मात्र सिमित नराखी काम गरेर देखाएमा अबको दिनमा अाम नेपाली जनताले ऊर्जा संकटको समस्याबाट छुटकारा पाउने आशा गर्न सकिन्छ ।

from लोकसेवा आयोग (old is gold )
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.