Saturday, January 28, 2017

दुनियाकै ठूलो देश रुसका केही अनौठा तथ्यहरु यस्ता छन्, जुन तपाइँलाई थाहा नहुनसक्छ:

दुनियाकै ठूलो देश रुसका केही अनौठा तथ्यहरु यस्ता छन्, जुन तपाइँलाई थाहा नहुनसक्छ:
1. रुसमा धुलो लागेको तथा फोहोर गाडी बाटोमा गुडाउनु अवैध हो । यसो गरेमा सजाय भोग्नु पर्दछ ।
•••
2. रुसी समाजमा एउटा परम्परागत मान्यता के छ भने घरभित्र सिट्ठी बजाउनु हुँदैन । यसो गर्दा घरभित्रको धन सम्पत्ति बाहिर उड्छ ।
•••
3. रुसमा हरेक वर्ष बबल बाबा नामको पर्व मनाइन्छ । जसमा मानिसहरु सेक्स टोयजको साथमा पानीमा तैरिन्छन् ।
•••
4. रुसको जनसंख्या १४ करोड २९ लाख भन्दा धेरै छ । जसमा पुरुष भन्दा महिलाको जनसंख्या धेरै छ ।
•••
5. रुसको कानून अनुसार बालबालिकाहरु सँग समलिंगी मानिसहरुको बारेमा कुरा गर्नु अवैधानिक हो । यस्तो गरेमा सजायँ हुने प्रावधान छ ।
•••
6. हरेक दिन ७० देखि ९० लाख मानिस मस्कोको मेट्रो प्रयोग गर्दछन् । यो संख्या लण्डन र न्युयोर्कको सार्वजनिक यातायात प्रयोगकर्ताको कुल संख्या भन्दा पनि धेरै हो ।
•••
7. एक रिसर्च अनुसार एक वर्ष भरमा गरी एक जना रुसी नागरिकले औषतमा ४.८ ग्यालन रक्सी पिउँछ । तर डाक्टरहरुका अनुसार यसको आधा जति रक्सी वर्षेनी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
•••
8. रुसको मस्को यस्तो सहर हो जहाँ विश्वमा सबैभन्दा धेरै धनी मानिसहरु बस्दछन् ।
•••
9. रुसमा धनी मानिसहरु ट्राफिक जामबाट बच्नका लागि एम्बुलेन्समा यात्रा गर्छन्, जसलाई त्यहाँ वैध मानिन्छ ।
•••
10. रुसमा सेक्स गर्नकै लागि भनेर वर्षमा एक दिन विदा दिइन्छ । हरेक वर्ष १२ सेप्टेम्बरको दिन रुसमा विदा हुन्छ । उक्त विदाको लक्ष्य भनेकै कामकाजी मानिसहरु आफ्नो पार्टनरसँग सहवास गरुन् भन्ने हो । देशमा घट्दो जन्मदरलाई रोक्न र बच्चा जन्मिने दर बढाउनका लागि यसरी सेक्स होलिडे दिने गरिएको छ । यो विदाको यदि ठ्याक्कै ९ महिना पछि यदि कोही दम्पतिले बच्चा जन्मायो भने उक्त दम्पतिलाई नगद पुरस्कारका साथै कार, फ्रिज लगायतका उपहार पनि दिइन्छ ।
©UTR


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.