Sunday, January 1, 2017

Health, Science and Technology 125 questions answers बिज्ञान,प्रबिधी र स्वास्थ्य सम्बन्धी १२५ वटा प्रश्नोत्तर

१ रुख सम्बन्धी अध्यान गर्ने बिज्ञानलाइ के भनिन्छ ?
- आर्बोरिकल्चर ( नासु २०७०)
२ रक्त सञ्चार प्रक्रीया कसले पत्ता लगाएका हुन ?
- विलियम हर्बे (नासु २०६९)
३ कुकुरलाइ कति डिग्री फरेनहाइटमा ज्वरो आउछ ?
- १०२° फरेनहाइट (खरिदार २०६८)
४ डिजेल इन्जिनका आबिष्कार को हुन ?
- रोडोल्फ डिजेल (खरिदार २०६८)
५ कुनै अन्तरिक्ष यात्रीको तौल पृथ्विमा २२० पाउण्ड छ भने चन्द्रमा उसको तौल कति होला ?
- ३६•३७ पाउण्ड (खरिदार २०६८)
६ भुकम्प मापन गर्ने यन्त्रलाइ के भनिन्छ ?
- सिस्मोग्राफ (खरिदार २०६८)
७ प्राणिहरुको बिकासबादी सिद्दन्तका प्रतिपादक को हुन ?
-चार्ल्स डार्बिन ( खरिदार २०६८)
८ इन्सुलिन कुन रोगसँ सम्बन्धित छ ?
- मधुमेह (नासु २०७०)
९ शरिरमा भिटामिन सिको कारणले कुन रोग लाग्छ ?
- स्कर्भी (नासु २०७०)
१० क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त्त हुन्छ ?
- बी सी जी (खरिदार २०७०)
११ बेरीबेरी रोग कुन भिटामिनको कमिले लाग्दछ ?
- भिटामिन बी र सी (खरिदार २०७०)
१२ गलगाँड के बृद्दी भएर हुने गर्दछ ?
- थाइराईड ग्रन्थी ( खरिदार २०७०)
१३ कुन प्रकारको भिटामिनको कमिले रतन्धो लाग्दछ ?
- भिटामिन ए (खरिदार २०६८)
१४ भिटामिन ए को रासयनिक नाम के हो ?
- रोटिनोल (खरिदार २०६८)
१५ १ ग्राम कार्बोहाइड्रेट्ले कति क्यालोरी शक्ती उपल्ब्ध गराउछ ?
- ४ क्यालोरी (खरिदार २०६८)
१६" प्रत्येक क्रीया जहिले पनि बराबर तर बिपरित प्रतिक्रीया हुन्छ" भन्ने न्युटनको गतिको कुन चही नियम हो ?
- तेश्रो नियम (नासु २०७१)
१७ सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?
-पिपल (नासु २०७१)
१८ मानिसको सामन्य रक्तचापको अबस्था कति हो ?
- १२०/८० MM पारो (खरिदार २०६८)
विज्ञान प्रविधी विकास
-----------------
१९ वातवरण सम्वन्धि पहिलो अन्तराष्ट्रीय सम्मेलन कहिलो भयो ?
- सन १९७२ जुन ५-१६
२० स्मृती वन के सँग सम्बन्धित छ ?
- व्यापकरुपमा वृक्षारोपण गर्न जनतालाई प्रोत्साहित गरि वातवरण प्रदुषण नियन्त्रण गर्ने
२१ वायुयानको आवगमनको पूर्वसूचना दिने यन्त्रलाई के भनिन्छ ?
- प्रीडिक्टर
२२ आफ्नो गुँड बनाउने एकमात्र सर्पको प्रजाती कुन हो ?
-गोमन
२३ डाइनामाईटको आविष्कार कसले गरेका हुन ?
- अल्फ्रेड नोबेल
२४ ओजन तह पातलिदैं गएको तथ्य सर्वप्रथम प्रकाशमा ल्याउने वैज्ञानिक को हुन ?
-सेरउड रोल्याण्ड
२५ हरित गृह प्रभावको अवधारणा ल्याउने वैज्ञानिक को हुन ?
- बेरिन जिन फेरिएर
२६ मुकेश चालिसेले कुन जिवको बारेमा गहन अध्यायन गरेका थिए ?
- बाँदर
२७ ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ ?
- मानोमिटर
२८ कम्प्युटरको सूचनाहरु कुन एकाईमा नापिन्छ ?
-बिटमा, बाईटमा, गिगाबाईटमा
२९ मानिस मृत्यु भएपछी अन्त्य सम्म काम गर्ने अंग कुन हो ?
- कान
३० कति तापक्रममा पानी सबैभन्दा गर्हुंगो हुन्छ ?
-४° सेन्टिग्रेड
३१ सबैभन्दा बढी फलाम तत्व कुन खाद्य पदार्थमा पाईन्छ ?
- पालुङ्गो साग
३२ कुन बैज्ञानिकलाई Father of स्किएन्के भनिन्छ ?
-अल्बर्ट आईन्सटाइन
३३ ´Give me a firm place to stand and I will move to earth` भन्ने वैज्ञानिक को हुन?
- आर्किमिडिज
३४ लुई पाश्चरले रेबिज रोग विरुद्दको सुईको आविष्कार कहिले गरेका थिए ?
-सन १८५५
३५ प्यारासुटको आविष्कार कसले गरेका हुन ?
-जे ब्लेनचार्ड
३६ हिरामा कति प्रतिशत कार्वन रहेको हुन्छ ?
-१००%
३७ टेष्ट ट्युब प्रविधिबाट विश्वमा पहिले जन्माईएको बच्चाको नाम के हो ?
- लुइस ब्राउन (नेपालाका ओममणि तामाङ)
३८ जेनेरेटरको आविष्कार कसले गरेका हुन ?
- माइकल फराडे
३९ सर्वप्रथम क्लोनिङ प्रविधिबाट जन्माईएको भेडाको नाम के हो ?
- डलि
४० प्रयोगत्माक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
- आर्किमिडिज
४१ बलप्वाईन्ट पेनको आविस्कार कसले गरेका हुन ?
- विरो ब्रदर्स
४२ ग्यालिलियोले दुरदर्शक यन्त्रको आविष्कार कहिले गरेका थिए ?
- सन १६०९
४३ न्युटनको ब्रहमान्डशास्त्र, गुरुत्वाकर्षण, गतिका नियम आदि समेटिएका प्रशिद्द ग्रन्थ ´Principia` कहिले प्रकाशित भएको थियो ?
- सन १६८७
४४ रकेट इन्जिन तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधरमा निर्माण गरिएको हो ?
- तेश्रो नियम
४५ मानव जातिको पुर्खा बाँदर हो भनेर भन्ने बैज्ञानिक को हुन ?
- चार्ल्स डार्विन
४६ क्षयरोग विरुद्दको खोपको आविष्कार कसले गरेका हुन ?
- लुई पाश्चर
४७ ध्वानिको तिब्रता कुन एकाईमा नापिन्छ ?
- डेसिबल
४८ बालुवा कुन कुन तत्व मिलेर बनेको हुन्छ ?
- सिलिकन र अक्सिजन
४९ आधुनिक भौतिक शास्त्रका पिता कसलाई भनिन्छ?
- सर आईज्याक न्युटन
५० कृतिम ताप प्रदान गरि अण्डा कोरेलर चल्ला निकाल्ने यन्त्रलाई के भनिन्छ ?
- इक्युटेर
५१ परमाणुको उर्जा उत्पादन गर्ने गतिलाई तिब्र पार्ने यन्त्रलाई के भनिन्छ ?
- साईक्लोट्रोन
५२ विश्वमा पहिलो बोल्ने रोवर्ट अन्तरिक्षयात्रीलाई के भनिन्छ ?
- किरोबो
५३ विश्वमा तिब्र गतिको इन्टरनेट सेवा कुन देशमा रहेको छ ?
- दक्षिण कोरिया
५४ सर आईज्याक न्युटनको जन्म कहिले भएको थियो ?
- सन १६४२ डिसेम्बर २५
५५ ब्रेल लिपिका आविष्कार को हुन ?
- लुइस ब्रेल
५६ सवैभन्दा हल्का धातु कुन हो ?
- लिथियम
५७ टर्पिडो के हो र कहाँ प्रयोग गरिन्छ ?
- लडाँईमा प्रयोग गरिने हतियार र समुन्द्री लडाँईमा प्रयोग गरिन्छ
५८ डिजेल इन्जिनका आविष्कार को हुन ?
- रुडोल्फ डिजेल
५९ फायर एक्सटिग्विसर यन्त्र के को लागी प्रयोग गरिन्छ ?
- आगो निभाउने यन्त्र
६० ब्लायक बक्सले के पत्ता लगाउन सहयोग गर्दछ ?
- हवाईजहाज दुर्घटना बारे
६१ विकिरणबाट उद्दिप्त गरि उत्सर्जन क्रीयाद्वारा हुने प्रकाशको पर्वर्द्दन लाई LASER हो । अब भन्नुहोस यसको पुरा रुप के होला ?
-Light Amplification Stimulated Emission of Radiation
६२ हावामा अक्सिजनको मात्रा कति हुन्छ ?
-२१ %
६३ बर्षा नाप्ने कामको प्रयोग हुने यन्त्रको नाम के हो ?
- रेन गज
६४ बाघ गणनामा प्रयोग हुने आधुनिक वैज्ञानिक पद्दतिको नाम के हो ?
- Camera Trapping
६५ विश्वको पहिलो महिला अन्तरिक्ष यात्री को हुन ?
- भ्यालेन्टिना तेरेस्कोभा(रुस)
जैविक प्रविधी
------------
६६ जैविक प्रविधी शब्द सर्वप्रथम कहिले प्रयोग भयो ?
- सन १९१९ मा
६७ कुनै पनि जिवित वस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि त्यसको जैव रासयनिक संश्लेशण र विभाजनपबाट निस्कने पदार्थलाई मानिस वा पर्यावरणको उपयोगिताको लागी प्रयोग गरिने प्रविधिलाई के भनिन्छ ?
- जैविक प्रविधी
६८ कुनै प्राणी जस्तै सतप्रतिशत जीन संरचना भएको प्राणिको उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
-क्लोनिङ
६९ जैविक प्रविधिका शाखाहरु:-
® बायो इन्फरमेटिक्स:- जैविक समस्यालाई कम्प्युटरबाट समाधान
® ब्लु जैविक प्रविधी :- सामुन्द्रीक एवं जलिय गतिविधिसँग
® ग्रीन जैविक प्रविधी :- परम्परागत औधिगिक कृषी पद्दती
® रेड जैविक प्रविधी :- जेनेटिक इञ्जिनियरिङ्को चिकित्सा
® ह्वाइट जैविक प्रविधी :- विविध औधोगिक प्रयोजनमा
७० DNA प्रविधिको सुरुवात कहिले देखी भएको हो ?
- सन १९७३
सुचना तथा सञ्चार प्रविधी
--------------------
७१ कम्प्युटर , सुक्ष्म विद्युतिय यन्त्र र दुरसञ्चारको एकिकृत प्रविधिलाई के भनिन्छ ?
- सूचना प्रविधी
७२ नेपालमा सर्वप्रथम सुचना प्रविधी निति कहिले आएको हो ?
- वि•सं• २०५७
७३ ई-मेलको सुरुवात सर्वप्रथम कहिले भएको हो ?
- सन १९७६
७४ नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो ?
-वि•सं• १९७०
७५ अप्टिकल फाइवर के सँग सम्बन्धित रहेको छ ?
- दूरसञ्चार र भु-उपग्रह
७६ सूचना प्रविधी विकास परिषदको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
- प्रधानमन्त्री
७७ सूचना तथा सञ्चार प्रविधिको सेवा तथा साधनश्रोतमा पहुँच भएका र नभएका समुहबिचको अन्तरलाई के भनिन्छ ?
- डिजिटल विभेद
७८ नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन हो ?
- IBM-1401 (वि•सं• २०२८)
७९ सूचना तथा समाज निर्माणका लागी पहिलो विश्व सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- सन २००३ डिसेम्बर १०-१२ ( जेनेभा)
८० इन्टरनेट सम्बन्धी अपराध नियन्त्रण सम्बन्धमा कुन कानुनमा ब्यबस्थ गरिएको छ ?
- विद्युतिय कारोबात ऐन , २०६३
वैकल्पिक उर्जा
-------------
८१ विश्वमा वैकल्पिक उर्जा प्रयोगतर्फ कहिले देखी ध्यानाकर्षण भयो ?
- सन १९७०
८२ नेपालका कति जिल्लामा गोबर ग्याँस प्लान्ट सफल भएको छ ?
- ६८ जिल्ला
८३ नेपालको सोर्य उर्जा उत्पादन क्षमता कति रहेको छ ?
- २•५ करोड मेगा वाट
८४ नेपालको कुन ठाँउमा वायु उर्जाको प्रयोगबाट बिजुली निकालिएको छ ?
- कागबेनी, मुस्ताङ
८५ सूर्यमुखी फूल कुन तत्वका कारण सूर्यतिर फर्किन्छ ?
- अक्सिन
८६ कुन विरुवाको तेलबाट गाडी चलाउने इन्धन बन्छ ?
- सजिवन
८७ नेपालको जिरो इनर्जी हाउस कहाँ छ ?
- पुल्चोक
क्रम विकास र वंशाणु
--------
८८ कोषहरुको न्युक्लियसभित्र क्रोमोजममस हुने रासायनिक पदार्थ जसले बाबुआमाको गुणहरु सन्तानहरुमा प्रसारण गर्ने प्रक्रीयालाई के भनिन्छ ?
- वंशाणु
८९ पुरना जिवबाट नया जिब उत्पन्न हुने प्रक्रीयालाई के भनिन्छ ?
-क्रमविकास
९० मानब रुप लिन प्रयत्नशिल सबैभन्दा प्राचिन जिव कुन हो ?
- रामापिथेकस
९१ पहिको बंशमा देखिने गुणलाई प्रबल भनिन्छ भने पहिलो वंशमा दविएर रहने गुणलाई के भनिन्छ ?
- लुप्त गुण
९२ जेनेटिक्सका पिता भनेर कसलाई चिनिन्छ ?
- ग्रेगर जोन मेण्डल
९३ प्रबल र लुप्त गुणहरु बोक्ने जिनलाई के भनिन्छ ?
- ठिमाहा जिन
९४ आकार र उत्पत्ती एवं आन्तरिक संरचना समान तर बेग्लाबेग्लै काम गर्ने अंगलाई के भनिन्छ ?
- सजातिय अंग
९५ मानिसमा कति जोडा क्रोमोजम हुन्छ ?
-२३ जोडा
९६ पैतृक गुणको आधारमा जिवहरुमा देखापर्ने विभिन्नतालाई के भनिन्छ ?
-वंशाणुगत परिवृत्ती
स्वास्थ्य र रोग
-------------
९७ लामो समय बाँच्नुका अतिरिक्त रोगव्याधी तथा दुर्वलताबाट मुक्त भइ असल स्वास्थ्य प्राप्तिको लागी बढी जोड दिनुलाई स्वास्थ्य भनिन्छ ।
९८ नेपालको स्वास्थ्य सेवा कुन प्रकृतिको छ ?
- प्राथमिक स्वास्थ्य प्रकृतिको
९९ भिटामिन ´ए` को रासयनिक नाम के हो ?
- रेटिनोल
१०० मानिशको शरिरमा भएको कुन रक्त समुहलाई Universal Donor भनिन्छ ?
-O+ ve
१०१ ECG को पुरा रुप के हो ?
-Electro-Cardiogram
१०२ कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?
- भिटामिन-के
१०३ वातवरण संग मानव शरिरको असुन्तलित समायोजन लाई के भनिन्छ ?
- रोग
१०४ समुदायमा एक्कासी ठुलो संख्यमा देखापर्ने एकै प्रकारको रोगलाई के भनिन्छ ?
- महामारी
१०५ नेपाल रेडक्रस सोसाईटिको स्थापना कहिले भएको हो ?
- वि •सं• २०२० भाद्र १९
१०६ क्षयरोग कसले पत्ता लगाएका हुन ?
- रवर्ट कोचले
१०७ टाईफाईड कुन जिवाणुको कारण हुने गर्दछ ?
- साल्मोनेला टाईफी
१०८ क्यान्सरलाई नेपालिमा के भनिन्छ ?
- अर्बुद रोग
१०९ रक्तचाप माथिल्लो १६० मि•मि• भन्दा बढी हुनुलाई के भनिन्छ ?
- सिस्टोलिक
११० रक्तचाप तल्लो ९५ मि•मि• भन्दा बढी हुनुलाई के भनिन्छ ?
- डायस्टोलिक
१११ हेपाटाईटिस बि ले शरिरको कुन अङ्गलाई असर गर्दछ ?
- कलेजो
अन्य थप जानकारिहरु
---------
११२ फ्याटी एसिडबाट बनेको सोडिय्म वा पोटासियम लवणलाई के भनिन्छ ?
-साबुन
११३ लुगा धुने सोडालाई सोडियम कार्वोनेट भनिन्छ भने खाने सोडालाई के भनिन्छ ?
- सोडियम वाई कार्वोनेट
११४ सामन्यतया प्लास्टिक कति प्रकारका हुन्छन ?
-२
११५ प्रोटिन, स्टार्च, रबर के-का उदाहारणहरु हुन ?
- प्राकृतिक पोलिमर
११६ स्वास्थ्य क्षेत्रमा बहुप्रचलित शब्द MRI को पुरा रुप के हो ?
-Magnetic Resonance Imaging
११७ सबैभन्दा बढी रोग सार्ने जिव कुन हो ?
- झिंगा
११८ ई-मेल प्राप्त गर्ने र पठाउने सफ्टवेयरलाई के भनिन्छ ?
- ब्राउजर
११९ WiMax को पुरा रुप के हो ?
-Worldwide Interoperability for Microwave Access
१२० खुर्सानिमा कुन भिटामिन पाइन्छ ?
- भिटामिन-सी
१२१ क्यान्सर नलाग्ने मानव शरिरको एकमात्र अङ्ग कुन हो ?
- आँखाको नानी
१२२ विभिन्न जैविक पदार्थ कुहिएर बनेको मललाई के भनिन्छ ?
- जैविक मल
१२३ धागो , डोरि लहरा आकारको बस्तुलाई के भनिन्छ ?
-रेसा
१२४ माटोको उर्वराशक्ती बढाउन प्रयोग गरिने पदार्थलाई के भनिन्छ ?
- मल
१२५ काँच बनाउन सिलिकासँग सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेट मिसाईन्छ
LikeShow more reactionsCommentShare

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.