१. पोलियो रोग विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन्?
- जोन साल्क
२. हेपाटाईटिस बी रोग शरीरको कुन भागमा लाग्दछ?
-कलेजो
३. हीरामा कति प्रतिशत कार्बन हुन्छ?
- १०० प्रतिशत
४. विश्व हात धुने दिवस कहिले मनाइन्छ?
- अक्टोबर १५
५. भौतिक र रसायन शास्त्र दुवै तर्फबाट नोबेल पुरस्कार पाउने वैज्ञानिक को हुन्?
- मेडम क्युरी
६. सेफ्टी ल्याम्पको आविष्कारक को हुन्?
-सर हम्फे डेभी
७. मेडम क्युरीको पीएचडी गाइड को थिए?
- हेनरी बकुरेल
८. पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
- ओरोलोजी
९. कीराफट्यांग्राको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
-एन्टोमोलोजी
१०. गैडाको खाग कुन तत्वबाट बनेको हुन्छ?
- केराटिन
११. चार्ल्स डार्विनले प्राणी विकासको बारेमा अध्ययन गर्न कुन टापुलाई आफ्नो अध्ययन क्षेत्र बनाएका थिए?
- ग्यालापागोस टापु
१२. कति उमेरसम्मको बच्चालाई नवजात शिशु भनिन्छ?
- २८ दिन
१३. लेन्सको शक्ति कुन एकाईमा नापिन्छ?
- डायप्टर
१४. अन्तरीक्षमा बसाइने प्रस्तावित सहरको नाम के हो?
- ओल्गा
१५. चट्याङमा विध्युतीय चार्ज हुन्छ भनी सर्वप्रथम कसले पत्ता लगाएका थिए?
- बेन्जामिन फ्रान्क्लिन
१६. ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ?
- मोनोमिटर
१७. सबैभन्दा गह्रौं धातु कुन हो?
- अस्मियम
१८. बैकानुर कस्मोड्रम कुन देशको अन्तरीक्ष केन्द्र हो?
- रुस
१९. प्यारासुटको आविष्कारक को हुन्?
- जे. ब्लेन्चार्ड
२०. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग गरिन्छ?
- इन्फ्रारेड रे
२१. शुद्ध सुन कति क्यारेटको हुन्छ?
- २४ क्यारेट
२२. आगो देख्दा लाग्ने डरलाई के भनिन्छ?
- पाइरोफोबिया
२३. जेनेरेटरका आविष्कारक को हुन्?
- माईकल फाराडे
२४. दी ग्राण्ड डिजाईन नामक पुस्तकका लेखक को हुन्?
- स्टेफन हकिंग
२५. क्यामेराका आविष्कारक को हुन्?
- जोसेफ नियसी
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.