Friday, January 20, 2017

Lok Sewa Question Answer 174

1. पृथ्वीको झण्डै समान आकारको कारणले शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ ।
2. युरेशिया वेसिन सुमेरु महासागरको सबैभन्दा गहिरो भाग हो ।
3. विश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश अन्टार्कटिका हो ।
4. भुकम्पबाट भएको मानवीय धनजनको क्षतिलाई मर्काली एकाइमा नापिन्छ ।
5. विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल समुन्द्र सतहबाट ४९१९ मि को उचाइमा छ ।
6. विश्व सिमसार दिवस फेब्रुअरी २ मा मनाइन्छ ।
7. भिमसेन थापाको पालामा नेपालमा ३९ जिल्ला थिए भने राणा प्रधानमन्त्री वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ तहशील जिल्ला गरी ३५ जिल्ला थिए ।
8. हिन्द महासागरलाई मनसुनी महासागर र तेलको महासागर पनि भनिन्छ ।
9. विश्वको चौथो अग्लो पर्वत महालंगुर हिमश्रृंखलामा पर्ने ल्होत्से हिमाल (८५१६ मि) हो ।
10. विश्वको सबैभन्दा ठुलो स्कुल कलकत्ताको साउथ प्वाइन्ट हाइस्कुल हो ।
11. विश्वका लामा नदीहरुमा क्रमश इजिप्टको नाइल, ब्राजिलको अमेजन र चीनको याङ्जे पर्दछन् ।
12. भुकम्प मापन गर्ने उपकरणलाई सिस्मोग्राफ वा सिस्मोमिटर भनिन्छ ।
13. सिरुवा पर्व - राजवंशी, तोरनल्ह - थकाली, डुम्जे - शेर्पा, माघी - थारु, चोनाम - चेपाङ र साकेला - राई जातिका प्रमुख चाड हुन् ।
14. बाबु आमाको किरिया १३ दिनसम्म बार्नुपर्ने चलन जुद्ध शमशेरले चलाएका हुन् ।
15. त्रिपुरा सुन्दरी देवी नामक तिर्थस्थल वैतडी जिल्लामा छ ।
16. नेपालको पहिलो प्रामाणिक राजा मानदेव १७ औँ लिच्छवी राजा हुन् ।
17. बौद्ध धर्मको ग्रन्थ त्रिपिटकमा रहेका ३ पिटकहरु सुक्तिपिटक, विनय पिटक र अभिधम्म पिटक हुन् ।
18. नेपाली भाषामा ३६, संस्कृतमा ४४ वर्णसंख्या भएजस्तै चिनियाँ भाषामा १००० वर्णसंख्या हुन्छन् ।
19. राउटेहरुले बोल्ने भाषालाई खाम्जी वा खाम्ची भनिन्छ ।
20. इन्टरनेट क्षेत्रमा ebuzzasia नेपालको पहिलो सर्च इन्जिन हो ।
21. नेपालले सर्वप्रथम सदस्यता प्राप्त गरेको अन्तराष्टिय संस्था इकाफे (ECAFE) हो ।
22. पहिलो पटक सन् १९७४ मा मनाइएको विश्व वातावरण दिवस (जुन ५) को नारा '' एक मात्र पृथ्वी '' थियो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.